‘जाडोमा बालिबालिकालाई घरमै बनाइएका तातो झोलिलो खानेकुरा खुवाऔं’

थाहा खबर

संजय रेग्मी

चिसो मौसम सुरु भइसकेको छ। हिमाली जिल्लाका कतिपय ठाउँको तापक्रम माइनसमा पुगिसकेको छ भने पहाडी जिल्लामा पनि घाम लागेको समयबाहेक निकै चिसो बढेको छ। यही बेलामा तराई क्षेत्रमा पनि तुवाँलो लाग्ने भएकाले धेरै चिसो हुन्छ।

चिसो मौसममा अन्य बेलाभन्दा बालबालिकाहरू बढी जोखिममा हुन्छन्। मौसम परिवर्तनको बेलामा बालबालिकामा आउन सक्ने समस्याबारे थाहाखबरकर्मी संजय रेग्मीले पर्वत अस्पतालका बाल रोग विशेषज्ञ डा. कुशल बरालसँग गरेको कुराकानी :

मौसम परिवर्तनको बेलामा बालबालिकामा आउन सक्ने स्वास्थ्यसम्बन्धी जोखिम के के हुन?

सामान्यतः यो बेलामा सिजनल भाइरल फ्लु‚ जसलाई हामी मौसमी रुघाखोकी भन्ने गर्छौँ, सबैभन्दा बढी समस्या यसैको हो। भाइरसका माध्यमबाट फैलिने यसले श्वासप्रश्वास प्रणालीमा असर गर्दछ। जुन धेरै बालबालिकामा देखिएको समस्या हो। सिँगान बग्ने, खोकी लाग्ने र ज्वरो आउँछ। त्यो बेलामा खान मन नलाग्दा बालकबालिकाहरू शिथिल बन्छन्। ज्वरो २/३ दिनसम्म रहन सक्छ, खोकी अलि लामो समय लाग्न पनि सक्छ। अर्को छालामा डाबर पनि देखा पर्न सक्ने, कहिलेकाहीँ ज्वरो र कामज्वरो आउने समस्या पनि देखिन सक्छन्।

प्रकाशित मिति: : 2021-11-15 13:16:00

प्रतिकृया दिनुहोस्