अमेरिका र चीनका राष्ट्रपतिबीच वार्ता हुँदै, यस्ता छन् एजेन्डा

Photo: Reuters
Photo: Reuters

अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी जिनपिङबीच सोमबार साँझ भर्चुअल बैठक हुँदैछ। दुई देशबीच तनाब बढिरहेका बेला हुन लागिरहेको यो बैठकलाई धेरैले चासोपूर्वक हेरिरहेका छन्। 
    
केही दिनअघि जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा दुई देशले आश्चर्यजनक सहमति गरेर विश्व समुदायलाई चक्मा दिलाएका थिए। 

तर, ताइवानबारे सैन्य विवादको बढ्दो चासोसँगै यी दुई देशबीच मतभेद कायमै छ। दुई नेताबीच हुन लागेको तेस्रो बैठकमा विभिन्न विषयमा छलफल हुनेछ। 

वार्तामा साइवर सुरक्षा, व्यापार, परमाणु हतियारजस्ता विषयमा छलफल हुनेछन्। बाइडेन राष्ट्रपति भएपछि यी दुई नेताबीच वार्ता भएको छ, यद्यपी सम्बन्धमा कुनै सुधार आउन सकेको छैन्। 

के चाहन्छन बाइडेन ?
परम्परागत प्रतिद्वन्द्वी देश चीनसँग बाइडेनले खासै ठूलो अपेक्षा गरेका छैनन्। तर, वार्ताको ठोस नतिजा देख्न उनी आत्तुर छन्। दुबै जनाले अमेरिका–चीन सम्बन्ध सुधार गर्न चाहन्छन्। 

त्यस्तै, ताइवान वार्ताको मुख्य एजेन्डा हुनेछ। ताइवानमा शान्ति र स्थिरता कायम राख्न अमेरिकाले चीनलाई दबाब दिनेछन्। त्यसको जबाफमा राष्ट्रपति सीले ताईवानको सार्वभौमसत्ताबारे हस्तक्षेप नगर्ने अमेरिकी प्रतिबद्धता माग गर्न सक्नेछन्।

के चाहन्छन् राष्ट्रपति सी ?
राष्ट्रपति सीका लागि भने ताइवान मुद्दा महत्वपूर्ण छ। ताइवान मामिला आन्तरिक भएको र त्यहाँ हस्तक्षेप नगर्न उनले अमेरिकालाई दबाब दिनेछन्। पछिल्लो समयमा ताईवानलाई लिएर अमेरिकाले देखाएको चासोप्रति चीन असन्तुष्ट छ। एक साताअघि मात्र अमेरिकी सांसदको प्रतिनिधिमन्डलले ताइवान भ्रमण गरेको थियो।

भ्रमणको अमेरिकाले विरोध गरेको थियो। केही समयअघि चीनले ताइवानको हवाई आधारमा लडाकु विमान उडाएको थियो। 

त्यसको ताइवान र अमेरिका दुबैले विरोध गरेका थिए। चीनले ताइवानमाथि हमला गरे अमेरिकाले प्रतिरोध गर्ने यसअघि नै चेतावनी दिएको थियो। त्यस्तै, अमेरिकी हस्तक्षेपको निन्दा गर्दै चीनले आगोसँग नजिस्कन वासिंगटनलाई चेतावनी दिएको थियो।

प्रकाशित मिति: : 2021-11-15 15:30:00

प्रतिकृया दिनुहोस्