पौडेल मृत्यु प्रकरणः चितवन मेडिकल कलेज र अध्यक्षविरुद्ध उजुरी (पूर्णपाठसहित)

चितवन भरतपुर महानगरपालिका–६ का बोधराज पौडेलको मृत्यु चितवन मेडिकल कलेज (सिएमसी) को लापरबाहीले भएको भन्दै अस्पतालविरुद्ध मृतकका छोरा प्रशन्न पौडेलले तीन ठाउँमा उजुरी दिएका छन्।

सिएमसीका नक्कली कलेजो प्रत्यारोपण शल्यचिकित्सकहरुको लापरबाहीले बुबाको उपचारको क्रममा मृत्यु भएको आरोप लगाउँदै नेपाल मेडिकल काउन्सिल बाँसबारी काठमाडौं, मानव अंग प्रत्यारोपण समन्यव समिति स्वास्थ्य विभाग, टेकु काठमाडौं र जिल्ला प्रशासन कार्यालय (सिडिओ) चितवनमा प्रशन्नले उजुरी दिएका हुन्।

उजुरीमा चितवन मेडिकल कलेज (सिएमसी), सिएमसीका अध्यक्ष तथा प्रबन्ध निर्देशक डाक्टर हरिश चन्द्र न्यौपाने र सिएमसीमा कार्यरत स्वघोषित कलेजो प्रत्यारोपण शल्यचिकित्सक डाक्टर सञ्जय कुमार यादवविरुद्ध जाहेरी दिएको प्रशन्नले बताए।

प्रशन्नका अनुसार अस्पताल, अस्पतालका सञ्चालक र डाक्टरविरुद्ध मेडिकल काउन्सिलमा कात्तिक १७ गते, मानव अंग प्रत्यारोपण समन्वय, समितिमा कात्तिक २१ गते र जिल्ला प्रशासन कार्यालय चितवनमा कात्तिक २३ गते उजुरी दिइएको हो।

प्रकाशित मिति: : 2021-11-14 14:34:00

प्रतिकृया दिनुहोस्