भारतकाे महाराष्ट्रः दोहोरो भिडन्तमा २६ माओवादी मारिए

Photo: PTI
Photo: PTI

भारतको महाराष्ट्र राज्यस्थित नक्सलवादी प्रभावितक्षेत्र गढ़चिरौलीमा दर्जनाैँ माओवादी लडाकू मारिएको सुरक्षा बलले दाबी गरेको छ।

गढ़चिरौली जिल्लाकाे एक जंगलमा शनिबार प्रहरी–माओवादीबीच भएकाे दोहोरो भिडन्तमा २६ माओवादीहरूको मृत्यु भएको हाे। घटनास्थलबाट थ्रुपै अत्याधुनिक हतियार पनि बरामद गरिएको बताइएको छ। ज्यान जाेगाउँन कैयाैँ नक्सलवादीहरूले आत्मसमर्पण समेत गरेका छन्।

महाराष्ट्रको नक्सल प्रभावित गढ़चिरौली जिल्लामा प्रहरीसँगकाे भिडन्तमा मारिएका नक्सलवादीहरूको शव मुठभेड स्थलबाट भेटिएको सुरक्षा स्राेतले बताएकाे छ। प्रहरीले उक्त भिडन्तलाई ठूलो सफलता मानेको छ।

स्राेतका अनुसार मारिएका माओवादीहरूको पहिचान खुल्न सकेकाे छैन। ती मध्ये एक शीर्ष विद्रोही नेतासमेत मारिएकाे आशंका गरिएको छ। भिडन्तकाे क्रममा घाइते भएका तीन प्रहरी जवानलाई हेलिकप्टरबाट अस्पताल लगिएको छ।

मुम्बईबाट ९ सय किलोमीटर टाढा पूर्वी महाराष्ट्रको गढ़चिरौली जिल्लामा प्रहरीसँगको भिडन्तमा दर्जनाैँ माओवादी लडकूहरू मारिएकाे प्रहरी उपरीक्षक अंकित गोयलले बताएका छन्। उनले भने, ‘हामीले अहिलेसम्म २६ जना नक्सलवादीको शव जंगलबाट फेला पारेका छौं।'

गढ़चिरौली प्रहरीले मुठभेड स्थलबाट हालसम्म २९ अत्याधुनिक हतियार पनि बरामद गरेको छ। यी हतियारहरूमा ५ एके–४७, १ एके–यूबीजीएल, ९ एसएलआर, ९ इन्सास, १२ अत्याधुनिक राइफल र १ पेस्तोल फेला परेकाे छ।

प्रकाशित मिति: : 2021-11-14 07:40:00

प्रतिकृया दिनुहोस्