नेकपा एमाले केन्द्रीय महाधिवेशनका लागि कपिलवस्तुबाट प्रतिनिधि चयन भएका छन्। जिल्लामा रहेका ३ निर्वाचन क्षेत्रबाट १८ महाधिवेशन प्रतिनिधि चयन भएका हुन्।
क्षेत्र नम्बर १ बाट दुई महिलासहित आठ जना प्रतिनिधि चयन भएका छन्। जिल्ला अध्यक्ष झवीलाल पोख्रेल, सहसचिव विश्राम थारु, प्रदेश सभा सदस्य विष्णु पन्थी, डम्मर शर्मा, प्रभा पौडेल, विश्व कार्की, घर वरण यादव र शान्ता पाण्डे सर्वसम्मत चयन भएका हुन्।
यसैगरी क्षेत्र नम्बर २ बाट एक महिलासहित ४ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन्। जिल्ला उपाध्यक्ष बाबुराम खनाल, आजाद अहमद दर्जी, टेकराज पौडेल र लक्ष्मी न्यौपाने चयन भएको बताइएको छ।
क्षेत्र नम्बर ३ बाट एक महिलासहित ४ जना सर्वसम्मत छनोट भएका छन्। उपेन्द्र खनाल, टोपलाल पोख्रेल, मोहम्मद मुस्तफा र कमला भुसाल चयन भएका छन्। दलिततर्फ चन्द्र बहादुर गहतराज र शान्तिदेवी हरिजन चयन भएका छन्।