धनगढीमा विप्लवकाे शक्ति प्रदर्शन [फोटो फिचर]

कमल विक

धनगढी

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट दलित मुक्ति मोर्चा नेपालले धनगढीमा र्‍याली निकालेकाे छ।

दलित मुक्ति मोर्चाको ५ औं राष्ट्रिय सम्मेलनमा शनिबार र्‍याली निकालेकाे गरेको हो। मोर्चाले धनगढीको सौराहादेखि खुल्ला मन्चसम्म र्‍याली निकालेको थियो।

सम्मेलनको लागि देशभरबाट प्रतिनिधि उपस्थित भएका छन्। सम्मेलनको उद्घाटन कार्यक्रममा महासचिव विप्लवसहित अन्य केन्द्रीय नेताहरू सहभागी भएका छन्।

सम्मेलनमा देशभरबाट आएका नेता तथा कार्याकर्ता सहभागी छन्। सम्मेलन आगामी सोमबारसम्म चल्नेछ।

प्रकाशित मिति: : 2021-11-13 16:06:00

प्रतिकृया दिनुहोस्