लुम्बिनीमा मन्त्री बन्ने होडबाजीले ‘मिनी संसद्’ लाई बेवास्ता, लेखा समिति नै नेतृत्वविहीन !

लोकान्तर

काठमाडौँ

म्बिनी प्रदेश सभाको सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरी पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री भएका छन्। 

चौधरी मन्त्री भएपछि प्रदेश सभाको महत्त्वपूर्ण विषयगत समिति नेतृत्वविहीन हुुँदा झण्डै ३ महिनादेखि समितिको बैठक बस्न सकेको छैन।

सरकारले के गरिरहेको छ ? समितिलाई कुुनै जानकारी छैन।

सरकारी कोषको प्रभावकारी र मितव्ययी खर्च भए/नभएको जाँच–पड्ताल गर्ने लेखा समितिको सभापति नै मन्त्री बनेपछि बैठक बस्न नसकेको समितिका सदस्य सांसद गीता थापा बताउँछिन्।

‘उहाँ मन्त्री हुुनुुअघि (असार २८) बैठक बसेका थियौं। सभापति नै नभएपछि बैठक बस्न मिल्ने रहेनछ। महत्त्वपूर्ण समिति त्यत्तिकै छ। सबै कामकारवाही ओझेलमा परे,’ थापाले लोकान्तरसँग भनिन्।

संसदका विषयगत समितिलाई ‘मिनि संसद’का रूपमा लिइन्छ तर समितिका सभापति छाडेर मन्त्री बन्ने होड चल्दा समिति अलपत्र भएका छन्।

प्रकाशित मिति: : 2021-11-12 14:45:00

प्रतिकृया दिनुहोस्