तीन 'दाइ'हरु : जसले सात वर्षीया मनिषाको करणीपछि घाँटी रेटे, फुपुको ‘क्लु’ले पुगे प्रहरीकोमा

पहिलोपोष्ट

काठमाडौँ

सुर्खेतको लेकबेशी नगरपालिका–१ ढापखर्कस्थित गगनबहादुर सुनार श्रीमतीसँगै कात्तिक २१ गते (आइतवार) दिदीको घरमा थिए। त्यस दिन गगन छोरीहरुलाई घरमै छाडेर दिदीको घर पुगेका थिए। गगनको पाँच छोरी छन्। जसमध्ये कान्छी हुन् सात वर्षीया मनिषा।

सोही दिन बिहान साढे १० बजेतिर मनिषा घरबाट चाउचाउ किन्न पसलतिर जान्छिन्। पसल पुग्नु अगावै बिच बाटोमा मनिषाको ठूलो बुवाका छोरा प्रकाशसँगै अरु तीन जना भेटिन्छन्।

‘मलाई पनि चाउचाउ ल्याइदिनू है,’ यति भन्दै प्रकाशले २० रुपैयाँ मनिषालाई दिए।

घरदेखि करिब आधा घण्टाको बाटो हिडेपछि मनिषा पसल पुग्छिन्। अनि मनिषा पसलबाट २० रुपैयाँको एउटा चाउचाउ र आफूसँग भएको १० रुपैयाँको पनि अर्को चाउचाउ बोकेर घरतर्फको बाटो लाग्छिन्।

फर्किदै गर्दा बाटोमा फुपु नाता पर्ने एक जना महिलासँग मनिषाको भेट हुन्छ। उनले सोध्छिन्, ‘खाना खाइस कि नाई? हिँड् घर खाना खाएर जालिस्।’

मनिषाले भन्छिन्, ‘नाई खान्न, घरै गएर खान्छु, माथि प्रकाश दाइहरुले कुर्नुभएको छ।’

मनिषा घरतिर लाग्छिन्।

प्रकाशित मिति: : 2021-11-12 11:14:00

प्रतिकृया दिनुहोस्