‘पुरुषले जस्तो महिला मन्त्रीले भ्रष्टाचार गर्दैनन्’

रातोपाटी

लोकेन्द्र भट्ट

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीको दाबी रोचक छ। पुरुषको तुलनामा महिलाहरुले कम भ्रष्टाचार गर्ने दाबी गर्दै मन्त्री रेग्मीले रातोपाटीसँग भनिन्, ‘पुरुषको तुलनामा शतप्रतिशत नभए पनि ९५ प्रतिशत महिलाले भ्रष्टाचार गर्दैनन्।

मन्त्री उमा रेग्मी विद्यार्थी राजनीतिबाट उदाएकी काँग्रेस नेतृ हुन्। २०२८ सालमा चितवनको शारदानगर हाइस्कुलमा नेपाल विद्यार्थी संघको एकाइ उपसभापति भएर उनले राजनैतिक यात्रा सुरु गरेकी थिइन्। पद्मकन्या क्याम्पसमा नेविसंघको एकाइको संस्थापक अध्यक्ष भएकी उनी त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको कोषाध्यक्षसमेत भइन्।

काँग्रेसको केन्द्रीय राजनीतिमा आउन भने रेग्मीलाई वर्तमान काँग्रेस सभापति शेरबहादुर देउवाले २०५९ मा पार्टी फुटाएपछि अवसर जुर्यो। देउवा नेतृत्वको तत्कालीन काँग्रेस (प्रजातान्त्रिक) को २०५९ सालमा सम्पन्न महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भइन्।

प्रकाशित मिति: : 2021-11-11 09:34:00

प्रतिकृया दिनुहोस्