लाम्रा संवादकाे दाेस्राे दिन मागलमय हुने थियाे। अर्थात् मागलकाे चर्चाबारे छुट्टै सत्र सञ्चालन हुने तालिका सार्वजनिक भएको थियाे। मागलकाे चर्चा हुने भएपछि दिनकाे सुरुवात मागलबाट गरिएन। कार्यक्रमकाे सुरुवात (पहिलाे दिनमा) मागल र बाजाबाटै गरिएकाे हुनाले पनि साइत जुराउनु परेन।
अघिल्लो दिन बाह्र भाइ मष्टाे, नाै दुर्गा भवानी, तेत्तीस काेटी देउता, दरा खाेलाका मान्यगन्य, छुटेका र पहिचान नभएका पित्त, लाटी सबैलाई कार्यक्रम स्थल रक्षाकाे लागि बाेलाइएकाे थियाे। मञ्च आशनका लागि बाेलाइएका देवी देउताकै कृपाले कार्यक्रम सफल हुने विश्वास गाउँ र आयाेजककाे थियाे।
विज्ञानकाे नजरमा अदृश्य शक्ति हुँदैन। अर्थात् जे छ देखिन्छ, जे छैन देखिदैन। प्रकृति पूजालाई आफ्नाे आस्था मान्दै आएकाे मष्टाे पूजक समुदाय काम आफै गर्छ। कारिन्दालाई अनुशासनमा बाँध्न मान्यगन्य देउतालाई उपस्थित गराउँछ। आफ्नाे कर्मकाे फल उनैकाे जिम्मामा छाेडेर आफ्नाे जिम्मेवारी पूरा गर्न लाग्छ।
त्यही जिम्मेवारी पूरा गर्न लागेका आयाेजक समितिका कारिन्दाकाे खटनपटन हेर्न लायक थियाे। व्यवस्थापन वर्णनयाेग्या थियो। अलमल हुने बित्तिकै लिइने रायसल्लाहले सिकाई प्रक्रिया प्रभावकारी बन्दै थियाे।
साहित्य सम्मेलनकाे फर्म्याटमा हुने कार्यक्रमका केही सीमाहरुप्रति आयाेजक सतर्क थियाे। यति हुँदा पनि हुने कमजोरीलाई अर्को पालिकाे शिक्षाकाे रुपमा ग्रहण गर्न तम्तयार थियाे।
खासगरी सहभागिताकाे सवाललाई लिएर उठ्ने प्रश्नहरू गम्भीर हुन्छन्। प्रश्न गर्न सिकाउनेहरु प्रश्नसँग डराउँछन्। आलोचना सहन सक्दैनन्। लाम्रा संवाद आकारमा निकै सानाे सार्वजनिक मञ्च हाे। तर, सुझबुझमा तलकाे देउडा गीत जस्ताे हाे।
धन्न धन्न मेदीबम्म, धन्न तिम्राे हियाे।
सात दिनकाे हँडन्या बाटाे दातब्यमा दियाे।।
(अर्थ: उसबेला सिंजा साम्राज्यमा मेदिनीवर्म नाम गरेका राजाले सात दिन लगाएर पार गरिने बराबरको जमिन दान दिए।)
यसरी शिक्षा लिएकाे लाम्रा संवादमा समानुपातिक सहभागिता महत्त्वपूर्ण कशी बनेकाे थियाे। संस्कृति संरक्षण गर्ने सवालमा अग्रपंक्तिमा रहेकाे दलित समुदायका वयोवृद्धदेखि लिएर युवाहरुकाे सक्रियता उत्साहजन थियाे। स्वयंसेवकले दाेस्राे दिनकाे तयारी गर्न मञ्च मिलाए। सुरु भयाे 'काेराेना कैठ र कथाहरु'।
काेराेना भाइरसकाे पहिलाे भेरियन्टमा हटस्पट बनेकाे दैलेख र दाेस्राे भेरिन्टमा चिल्लाइरहेकाे नेपालगञ्ज दुबै क्षेत्रकाे लागि कर्णालीले धेरथाेर घाउमा मलम लाउने काम गर्याे।
कर्णाली प्रदेशकै सबैभन्दा ठूलो अस्पताल र एउटा विश्वविद्यालय स्तरकाे स्वास्थ्य संस्थाप्रति स्वभाविक रुपमा नागरिकका केही आशाहरु थिए। आश भराेसाकाे केन्द्र प्रतिष्ठानले जुम्लामा संक्रमणकाे सम्भावना कम त गरायाे नै दैलेख र नेपालगञ्जमा स्वास्थ्यकर्मी पठाएर संकटबाट उकास्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्याे।
दाेस्राे भेरियन्टमा तातोपानी गाउँपालिका थला पर्ने गरी काेराेनाका 'केस'हरु देखा परे। रावतबाडा सिंगाे गाउँ नै संक्रमणकाे चपेटाका परेकाे थियाे। तथापि गाउँपालिकाले त्यसलाई व्यवस्थापन गर्न सफल भयाे। स्थानीय तहले प्रभावकारी भूमिका खेल्याे।
समुदायमा घुसेकाे दूरी र डरकाे मनाेविज्ञानले सामाजिक व्यवस्थामाथि बज्र प्रहार गरेकाे थियाे। दृश्य निकै कहालीलाग्दाे थियाे। यस्ताे बेला नजिकमा सरकार हुनुकाे फाइदा महसुस गराए गाउँपालिका र त्यहाँका स्वास्थ संस्थाहरुले।
यी दृश्यले जन्माएका कथा युगयुग लाेक कथा जसरी बाँचिरहन्छन्। त्यसैलाई लिपिबद्द गर्न चलेकाे सत्र हाे,'काेराेना कैठ र कथाहरु'। कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानकी नर्सिङ डाइरेक्टर सविना थापा, सहायक प्रमुख जिल्लामा अधिकारी नन्दराम चाैलागाईं, तातोपानी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चाैलागाईंलाई एकै मञ्चमा राखेर पत्रकार लक्ष्मी न्याैपानेले सघन बहस चलाइन।
इतिहासकाे निकै भद्दा मजाक भनाैं वा केन्द्रीकृत गाेर्खाली सत्ताकाे मानसिकता, जसले दुर दराजलाई देशकाे भूगोल माने पनि सेवा सुविधाकाे लायक ठानेनन्। त्यसैले थानकोटकाे डाँडाे बाहिरकाे भूगोल जतिसक्दो चाँडाे उज्यालिनुपर्छ भनी साेचेनन्। तत्कालीन जुम्ला राज्यसँग जाेडिएकाे भूगोल त कर्मचारीलाई कारबाही गरी पठाउने खुला जेल थियाे र ठानिएको छ आजसम्म। सत्ताका सबैभन्दा ठूला दुश्मन बस्ने अखडा जस्ताे, काल काेठरी जस्ताे।
फर्पिङ जलविद्युत आयाेजनाले काठमाडौं उज्यालिएकाे एक सय १० वर्षपछि लाम्रामा बिजुली पुगेकाे थियो। बिजुली उपभाेग गर्न पाउनु लाम्राकाे सुइना(सपना) बन्याे। त्यसैले त जुम्लीहरुले देउडाकाे भाका तयार पारे:
हिउँद हिउँचुली,
नेपालगञ्ज झिलीमिलि, जुम्ला बिजुली।।
हप्ता दश दिन लगाएर सिमी, काेदाे, माटे (मार्से), चिनाे, कागुनाे, घ्यू, मह लगायत सामान लिएर नेपालगञ्ज हाट गएका जुम्ली हटेरुले नेपालगञ्ज बत्तीले झिलीमिलि भएकाे देख्दा जुम्लामा बिजुलीकाे आवश्यकतादेखि रचेका थिए, उक्त भाका। आँ गरेपछि अङ्कार बुझ्ने जुम्लीले राज्य नाम गरेकाे काठमाडौं सिंहदरबारले घरबार उज्यालो गरिदिन गरेकाे सांकेतिक आग्रहलाई बुझेन। 'जस्ताे आफू, उस्तै टापु' देख्ने जुम्लीले आफ्नै दृष्टिदाेस भनेर चित्त बझाए। तर, अब निकै अबेर भइसकेको छ। त्यसैले बहस छेड्न चलाइयाे 'सुइना बिजुलीका' सत्र।
पत्रकार नेत्र शाहीले सञ्चालन गरेकाे सत्रमा प्रतिनिधि सभाका सांसद गजेन्द्रबहादुर महत, विद्युत प्राधिकरणका जुम्ला शाखाका प्रमुख नरेश रावल, गिडीखाेला जलविद्युत आयाेजनाका अध्यक्ष दुर्गा पाण्डे र स्थानीय उपभोक्ता विश्वराम नेपालीले बहस गरे।
विद्युतकाे आवश्यकता ओैंधि हुन थालेपछि जुम्ला उज्यालो गराउनुपर्छ भनी लागेका सांसद महत मन्त्रालय र प्राधिकरण धाउँदा–धाउँदा सत्ताकाे मानसिकताप्रति आक्राेसित हुन पुगे। त्यसैले संसदमा ठूलाे स्वरले कराउनु पर्याे, हल्ला मच्चाउनु पर्याे, 'कुलमान र वर्षमान पुन: श्री ३ महाराज भइसके'। त्यही कुराकाे स्मरण गर्दै उनले भने,'अब ३३ केवी प्रसारण लाइन आवश्यक छ।'
त्यसपछि तातेकाे प्राधिकरणले धाैगरी राष्ट्रिय प्रसारण लाइन त पुग्याे तर त्याे पनि फ्यूज जान लागेकाे बल्ब जस्ताे धिपिधिपि भइरहने। साना जलविद्युत् आयाेजना, राष्ट्रिय प्रसारण लाइन आइसकेपछि यीनकाे उपयाेगिता तथा उपभोक्ताका गुनासाहरुबारे राेचक बहस भयाे।
त्यसपछि लगत्तै हेर्दा देउडा जस्तै देखिने तर त्यसभित्रका टुक्का र लयमा फरक हुने 'चरन' देखाइयाे। हियाखाेलाका १० जना सुनार थरका कलाकारले चरन देखाए। लामा रातमा रात्याैली खेल्दा रात कटाउन सहज हुने हुनाले यस्ता लामा लयवाला गीतकाे विकास भएकाे मानिन्छ। लाेभ हुने स्थितिमा पुगेकाे चरन बचाउने उनीहरुलाई इतिहास र संस्कृतिमा रुचि राख्नेले श्रद्धाभाव व्यक्त गरे।
समय अभावले चरनकाे चर्चा तेस्राे दिनमा गर्ने गरि तालिका सारियाे।
लगत्तै राेचक सत्र 'मागल मय' सुरु भयाे। लाम्रा गाउँकी मुग्लेरीले सुरुमा मागल गाइन। त्यसपछि मागलबारे बहस भयाे। जुम्लीहरुका हरेक शुभकार्यमा मागल अनिवार्य छ। बच्चा जन्मदा, बिहे हुँदा, राेपाई हुँदा, देउता पूज्दा, ब्रतबन्ध हुँदा, घर पैंचाे गर्दा लगायत झण्डै एक सय आठ वटा शुभकार्यमा मागल गाइन्छ। मागल र पञ्चेबाजा नभएकाे कुनै पनि शुभकार्य खल्लाे हुन्छ। मागल हरेक नाैलाे कार्मका लागि चटनी हाे, जसले नाैलाे कर्मलाई रसिलाे बनाउँछ।
यतिमात्र नभइ मागलमा इतिहास भेटिन्छ। मागलका शब्दले देउता कहाँ उब्जे, कसकाे पालादेखि कुन चलन सुरु भयाे आदि कुरा थाहा पाउने सन्दर्भ बन्छ। इतिहासका जानकार तुंङ्गनाथ उपाध्यायका अनुसार 'शब्द' इतिहास भेउ पाउने माध्यम हुन।
पत्रकार कृष्णमाया उपाध्यायले 'भुसकाे आगाे' सत्र संचालन गर्दा। स्थानीय महिला अधिकारकर्मी नारायणी चाैलागाईं, प्रमुख जिल्ला अधकारी बिजयाकुमारी प्रसाईं, प्रहरीका डिएसपी दान बहादुर थापा र शसस्त्र प्रहरीका गगन श्रेष्ठ बहसमा उत्रिए।
सामाजिक विकृतिहरु बालविवाह, छुई प्रथा, जातीय विभेद, महिला हिंसा हेर्दा सामान्य लागे पनि भुसकाे आगाे झैं यसले समाजलाई भित्रभित्रै डढाउँदै लगेकाे हुन्छ। बाहिर ठिकठाक देखिए पनि समाजभित्र खाेक्राे बन्दै जान्छ। यस्ताे समाजलाई प्रतिनिधित्व गर्नेहरुले बाहिर बाेल्ने एक र भित्र गर्ने अर्काे हुन्छ। समग्रमा समाजकाे प्रतिनिधित्व गर्नेहरु नै ढाेंगी बन्न जान्छन्।
वक्ता नारायणी चाैलागाईंले आफूले बालविवाह गर्दा भाेगेका मानसिक समस्याको बारेमा खुलेर बाेलिन्। बालविवाहकाे भयानक अवस्थाबाट मुक्त हुन समाजले नै भूमिका खेल्नुपर्ने तर्क राखिन।
महिला पुरुष बराबर हुने भएकाले एउटै पदकाे मान्छेलाई हेर्ने नजर बदलिन नहुने मत राखिन, प्रमुख जिल्ला अधिकारी प्रसाईंले। 'म प्रमुख जिल्ला अधिकारी हुँ, याे मुख्य कुरा हाे। महिला र पुरुष भएकै हुनाले प्रजिअलाई हेर्ने नजरमा फरक पर्नु हुँदैन,' उनले भनिन्, 'मेराे लैंगिक पक्ष दाेस्राे कुरा हाे। महिला, पुरुष वा तेस्राे लिंगी जाे सुकै त्याे पाेष्टमा पुग्न सक्छ।'
आशा र निराशाका कुरा हुँदै गर्दा उनले आशा जगाउन महत्त्वपूर्ण तथ्यकाे उजागर गरिन्। उनले भनिन्,'प्रकृतिले नै महिलालाई बलियाे बनाएकाे छ। संसारभरमा पुरुषभन्दा बढी महिला बाँच्छन्। याे गर्व गर्न लायक छ।'
कार्यक्रमकाे अन्तिममा प्रस्तुत गरिएकाे हुड्के आकर्षककाे केन्द्रमा थियाे। पुरुषले मात्रै हुड्के नाच्ने जुम्लामा महिला नाच्नु क्रान्ति नै हाे। लाम्राकी चन्द्रकला सार्कीले हुड्केमा क्रान्ति गर्दा कतिले अपसकुन हुन्छ भने। 'स्वास्नी मुखिनी, बाख्राे बटालाे' भनेर आहान नै हाले। तर, कलाकारकाे गाउँ लाम्राले भने सहर्ष स्वीकार गरेर भन्याे, 'कला गला देखाउनलाई क्या काे महिला? क्या काे पुरुष?'
त्यसैले निर्धक्क हुड्के पहिरनमा नाच्दै गाइन, विभेदका गीत, महिला हिंसाका गीत, छुई प्रथाका विरुद्धका गीत, विपत्तिका गीत, राजनीतिक विकृति विरुद्धका व्यंग्य, माया प्रेमका चाेटिला भाका।
खेत लियाे, गाड घट्ट लियाे, खाने बालि लियाे,
अहिले सालकाे वर्षातले धेरै दुख दियाे।
रक्सी किन्न केही मान्नैनाै, तेल किन्न कुन्नाछाै,
दाल तरकारी च्याट्ट बना, घरिना भुन्नाछाैं।
धान चुटी भकारी भरी, काेद्या चुट्याकाे नाई,
साथ छुट्याे पिरति टुट्याे माया छुट्याकाे नाई।।
विभेदित साहित्य लेखनले त्यति अर्थ राख्दैन । आगामी दिनमा शुद्ध अक्षर लेखनमा परिस्कृत हुने आशा गरिएको छ ।