छठमा पनि सुनसान तथा कुरुप जनकपुरधामका केही ऐतिहासिक पोखरी

पोखरी नै पोखरी भएको सहर जनकपुरधाममा अहिले छठ पर्वको चहल पहल बढेको छ । चार दिनसम्म मनाइने छठ पर्वको बुधबार मुख्यदिन अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइन्छ ।

यसको लागि यहाँका पोखरीमा टेण्ट, पण्डाल, झिलिमिलि बत्ती लगाएर सिंगारिएको छ । तर यहाँको केही पोखरीहरु अतिक्रमणको शिकार भएपछि छठमा समेत विगतको जस्तो सफा देखिएका छैनन् ।

एकातर्फ जनकपुरधामको गंगासागर, धनुष सागर, अंगराजसर सागर, दशरथ तलाउलगायत अधिकांश पोखरीहरुमा छठ पर्व मनाउनका लागि ब्रतालुदेखि पर्यटक समेत आउन थालेका छन् भने अर्को तर्फ यहाँको ऐतिहासीक पोखरीहरु फोहोर हुँदै गएका छन् ।

जनकपुरधामको जानकी मन्दिर नजिकै रहेको ऐतिहासिक धरोहर तेलहा पोखरी र मडहा पोखरी, ढोडनोचनी पोखरी, देवान पोखरी, रामसागर तलाउलाई राज्य तथा स्थानीयहरुबाट अतिक्रमणको सिकारमा परेपछि आफ्नो ऐतिहासीकता नै गुमाउने अवस्थामा पुगेको छ ।

सत्तारुढ दल जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्य कौशल यादवले ढोडनोचनी पोखरीलाई अतिक्रमण गरी योग शिविर संचालन गरेका छन् । सो पोखरीको चारै तर्फबाट अतिक्रमण गरेपछि अहिले कुरुप नै रहेको छ । ढोढमोचनी पोखरीलाई सौन्दर्यकरणको नाममा प्रदेश सरकारले निजी जग्गाको बाटोको लागि पोखरीमा अतिक्रमण गरेका छन् ।

प्रकाशित मिति: : 2021-11-10 11:44:00

प्रतिकृया दिनुहोस्