‘टेल अफ अ सिटी’ : चित्रले बोल्छन् ४० वर्षअघिको सहरको कथा

बबरमहलस्थित दुईतले सिद्धार्थ आर्ट ग्यालरीका भित्ता रंगिएका छन्। तर, ती रंग साविकका प्रदर्शनीका रंगभन्दा केही भिन्‍न अनि परिष्‍कृत छन्। कालो मसी र पेनले पोतिएका ती एकनासे रंग सादा लागे पनि आनन्ददायक छन्।

केवल पेन र इन्क (कालो मसी) मा कोरिएका करिब २४ वटा कलाकृतिले जो कोहीलाई ‘टाइम ट्राभल’मा लैजान्छन्। ती सिर्जनाले करिब ४० वर्षअघिको कला, संस्कृति अनि एउटा सहरको कथा व्यक्त गरिरहेका छन्। सहर अर्थात् काठमाडौं उपत्यका। प्रदर्शनीको नाम जुराइएको छ, ‘टेल अफ अ सिटी’ अर्थात एउटा सहरको कथा। नेपाल भाषामा दया बाखँ।

जाडो महिनाको पारिलो घाम। पारिलो घामकै कारण लस्करै सुरिलो संरचनामा धेरै परसम्म घरको छतमा बाफिँदै गरेको शीतको परिदृश्य। कलाकार सुजन डंगोलको मानसपटलमा अमिट छापका रूपमा बसेको छ, यो दृश्य। त्यसका लागि भने उनलाई ‘मीन पचास’को बिदा पर्खिनुपर्थ्यो।

‘मीन पचास’ अर्थात् जाडोयाममा पाइने ५० दिन लामो बिदा। २० मंसिरदेखि १० माघसम्मको छुट्टिलाई ‘मीन पचास’ नाम दिइएको छ। यो समय माछालाई समेत जाडो हुने र पानीको पिँधमा गएर बस्‍ने जनविश्‍वास छ।

 

प्रकाशित मिति: : 2021-11-09 14:16:00

प्रतिकृया दिनुहोस्