सुविधामा केन्द्रलाई माथ दिँदै प्रदेश सांसदः राजधानीमै घर हुनेले पनि भाडामा काड्छन् र्‍याल !

लोकान्तर

सुशील पन्त

देशको अर्थतन्त्रले धान्न नसक्ने भन्दै प्रदेशको संरचनामाथि नै प्रश्न उठिरहेको समयमा राज्यकोषबाट सुविधा लिन प्रदेशका संरचनाले केन्द्रलाई माथ दिन थालेका छन् ।

प्रदेशका संरचना स्थापना भएको चार वर्षमा उनीहरूले आफ्नो औचित्य पुष्टि गर्न नसकेका प्रदेश सभाले सुविधामा भने प्रतिस्पर्धा गरेको पाइएको छ । 

घरभाडा, इन्धनलगायत सुविधा लिनेमा बागमती प्रदेश सभा अन्यको तुलनामा अगाडि देखिएको छ ।

बागमती प्रदेश सभाका पदाधिकारीले संघको प्रतिनिधि सभाका पदाधिकारीसरह घरभाडा लिने गरेको पाइएको हो ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाका पदाधिकारी (सत्तारुढ दलको नेता, प्रमुख प्रतिपक्षी दलको नेता, प्रमुख सचेतक र संसदीय समितिका सभापति)ले घरभाडा बापत मासिक २५ हजार ६ सय ८ रुपैयाँ पाउने गरेका छन् । 

बागमती प्रदेश सभाका पदाधिकारीहरू विपक्षी दलको नेता, प्रमुख सचेतक र संसदीय समितिका सभापतिहरूले घरभाडा बापत मासिक २५ हजार लिने गरेका छन् । बागमतीबाहेक अन्य प्रदेशका पदाधिकारीले भने सांसदसरह मात्र घरभाडा लिने गरेको पाइएको छ । 

प्रकाशित मिति: : 2021-11-09 14:05:00

प्रतिकृया दिनुहोस्