तीन ‘अवरोध’ छिचोल्दै ७१ वर्षअघि ज्ञानेन्द्र यसरी बनेछन् ‘बेबी किङ’

नेपाल खबर

काठमाडौं

त्यस दिन बिहानैदेखि प्रधानमन्त्री श्री ३ मोहनशमशेरको अनुहार अँध्यारो थियो। हतास र आक्रोशित पनि देखिन्थे।  उर्दीअनुसार भाइ–भारदारहरू सिंहदरबार पटाङ्गिनीको पहिलो चोकमा आयोजित ‘भारदारी सभा’का लागि जम्मा भइसकेका थिए। 

श्री ३ मोहन सिंहदरबारको तेस्रो तलामा कोटरीको बैठकबाट निस्के। र, उपस्थित भारदारहरूलाई सम्बोधन गर्दै सोधे, ‘पटकपटक श्री ५ त्रिभुवन र मौसुफका उत्तराधिकारीहरूलाई भारतीय दूतावासबाट फर्किबक्सन अनुरोध गर्दा सुनुवाई भएन। शाह वंशलाई मान्ने हाम्रो परम्परा भएकाले मौसुफकै वंशजका माहिला शाहज्यादा श्री ५ ज्ञानेन्द्रलाई गद्दीमा राख्ने कुरामा तिमीहरूको के विचार छ?’ 

श्री ५ ज्ञानेन्द्रलाई गद्दीमा राख्ने निर्णय सर्वशक्तिमान श्री ३ मोहनले सुनाइसकेपछि कसैले विरोध गर्न सक्ने कुरा थिएन। खाद्य विभागका प्रमुख गयाप्रसाद शाहले ‘श्री ५ त्रिभुवनसँग कुराकानी गर्ने हो कि’ भन्नेबाहेक कसैले विमति जनाएनन्। 

प्रकाशित मिति: : 2021-11-08 19:14:00

प्रतिकृया दिनुहोस्