सीईओलाई ४ घन्टा नियन्त्रणमा राख्न बाध्य पार्ने ६ बोतल रक्सी : एयरपोर्ट काण्डको कथा

'ब्याग स्विइङ गर्दा कर्मचारीलाई लागेको मात्र हो। मैले पिटेको छैन।'

सोमवार बिहान पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनन्जय रेग्मीले त्रिभुवन विमानस्थलको भन्सार जाँच-पासमा खटिएका नासुलाई कुटेको खबर बाहिरयो। उनले ती कर्मचारीलाई झापड हानेका थिए।

तर, सीईओ रेग्मीले भने नासुलाई कुटेको स्वीकार गरेका छैनन्। कर्मचारीले रोक्न खोज्दा बोकेको ब्याग बतासिएर लागेको दावी गर्दै आएका छन् उनले। तर, सीईओले कुटेको देख्ने धेरै कर्मचारी छन्। उनीहरुको दाबी रेग्मीको भन्दा ठीक विपरीत छ।

'उसले गालामा झापड हानेकै हो,' प्रत्यक्षदर्शी एक कर्मचारीले पहिलोपोस्टसँग भने।

रेग्मी लन्डनमा गत सोमवारदेखि भएको तीनदिने वर्ल्ड ट्राभल मार्टमा सहभागी भएर शनिवार बिहान ९ बजे नेपाल फर्किएका थिए। मार्टमा नेपाली टोलीको नेतृत्व पर्यटन मन्त्री प्रेम आले र सचिव यादवप्रसाद कोइरालाले गरेका थिए। फर्किँदा मन्त्री, सचिव विमानस्थलको भीआइपी लाउन्जबाट निस्किएका थिए भने रेग्मी अन्य यात्रु आउने ठाउँबाट जाँचपासमा आइपुगेका थिए।

उनी पनि भीआइपी लाउन्जबाट निस्कन सक्थे। तर, उनी सर्वसाधारण आउने कक्षबाट नै बाहिरिए। उनीसँग अन्य केही चिनजानेका मानिस भएको सीईओ रेग्मीको दाबी छ।

शनिवार भाइटीकाको दिन थियो। धेरै कर्मचारीको बिदा। तर, भन्सार जस्तो ठाउँमा सबैलाई बिदा दिन नमिल्ने। त्यसैले रोटेसन गरेर कर्मचरीको बिदा मिलाइएको थियो। अरुसँगै भन्सारका नायव सुब्बा सुमन थापा पनि ड्युटीमा खटिएका थिए।

प्रकाशित मिति: : 2021-11-08 18:27:00

प्रतिकृया दिनुहोस्