नेपालको बिजुलीमा भारतको 'रणनैतिक दृष्टि'

सेतोपाटी

काठमाडौँ

तिहारको झिलीमिली सुरू हुनै लाग्दा हाम्रा लागि एउटा खुसीको खबर आयो— नेपालले भारतको खुला बजारमा बिजुली बेच्न स्वीकृति पाएको खबर।

यो स्वीकृतिसँगै लक्ष्मीपूजाको अघिल्लो दिनबाट नेपालले भारतको खुला बजारमा, बजारले तय गरेको मूल्यमा बिजुली बेच्न सुरू गरेको छ।

तिहारभरी नेपालमा झिलिमिली, भारता बिजुली निकास पनि।

केही वर्षअघिसम्मको १४ घन्टे लोडसेडिङ सम्झिँदा यो प्रगति सानो होइन। अहिले आन्तरिक खपत नभएर दैनिक करिब ५०० मेगावाट बिजुली खेर गइरहेका बेला नेपालले पाएको यो अवसर कम महत्वको छैन। बिजुली विकासमा यसको दीर्घकालीन महत्व झनै धेरै छ।

बिजुली निकासीको यो खबरसँगै नेपालमा अहिले दुई विषयमा चासो र चर्चा सुरू भएको छ:

पहिलो, भारतले साँच्चै नै नेपालमा उत्पादित र उसले आफैं खपत गर्न नसक्ने सबै बिजुली किन्न लागेको हो वा नेपालको बिजुली विकासलाई भारतीय निगाहमा निर्भर गराउन 'रणनैतिक चाल' चालेको हो?  

दोस्रो, नेपालले उत्पादन गरेको बिजुली आफैंले खपत गर्ने रणनीति बनाउने हो वा सस्तोमा बिजुली निकासी गरेर महँगोमा भारतीय उत्पादन किन्ने हो?

हाम्रो बिजुली र अर्थतन्त्र विकासका लागि यी दुवै प्रश्न अत्यन्त महत्वपूर्ण छन्। यो लेख यिनै दुई विषयमा केन्द्रित हुनेछ।

प्रकाशित मिति: : 2021-11-07 19:53:00

प्रतिकृया दिनुहोस्