अझै अनिश्चित छ कोरोना महामारी

देशसञ्चार

डा. प्रवीण श्रेष्ठ

विश्वमा कोरोना प्यान्डेमिकबाट अछुतो रहेको देश सायदै कुनै होला, एक–दुई वटा अपवादबाहेक। जस्तैः उत्तर कोरिया, तुर्कमेनिस्तान, प्यासिफिक महासागरका केही टापु। जहाँका कोरोनासम्बन्धी तथ्यांक पारदर्शी छैनन्।

पृथ्वीको अधिकांश भौगोलिक भूभागलाई यसले सताइसकेको छ र हाल पनि सताइरहेको छ। विश्वका धेरै देशमा यसले पटक पटक पालैपालो आक्रमण गरेको छ जुन प्यान्डेमिक लहरको रूपमा हामीसामु आउने गर्छ। थुप्रै देशमा हाल पनि नयाँँ र ठूला प्यान्डेमिक लहर आइरहेको विषयमा धेरै चर्चा भइसकेको छ।

त्यस्तै धेरै देशमा ठूला प्यान्डेमिक लहर आएर शान्त भएको अवस्था पनि छ। प्यान्डेमिक लहरले चुचुरो छोएर तहल्का मच्चाएको र हाल शान्त रहेको देशमा भारतलाई लिन सकिन्छ। भारतमा हालसम्म सन् २०२० को सेप्टेम्बर र सन् २०२१ को मेमा गरी दुई ठूला लहर आए जसमध्ये दोस्रो लहर पहिलोभन्दा चार गुणा ठूलो थियो।

प्रकाशित मिति: : 2021-11-07 19:39:00

प्रतिकृया दिनुहोस्