देउवा र प्रचण्डले एमसीसीलाई लेखेको ‘गोप्य पत्र’ मा के छ ?

रातोपाटी

काठमाडौं

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले दुई पार्टीका तर्फबाट अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) लाई पठाएको पत्र अहिलेसम्म गोप्य राखिएको छ । प्रधानमन्त्री देउवाले बेलायत भ्रमणबाट फर्कँदा विहीबार यो पत्रबारे खुलासा गरेका हुन् । तर, दुई नेताले एमसीसीलाई सुटुक्क लेखेको पत्र अहिलेसम्म सार्वजनिक गरिएको छैन । पत्रमा के छ भन्ने विषयमा देउवा र प्रचण्डका विरोधाभाषपूर्ण भनाइ बाहिर आएका छन् ।

 

प्रधानमन्त्री देउवाले गत बिहीबार त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्ने क्रममा आफू र प्रचण्डले हस्ताक्षर गरेर एसीसीलाई नै पत्र पठाइसकिएको जानकारी दिए । एमसीसी पारित हुन्छ भनेर आफूहरूले पत्र पठाएको देउवाले खुलासा गरे ।

बेलायत भ्रमणका बेला एमसीसीका डेपुटी सीईओसँग तपाईको भेट भएको हो ? भन्ने पत्रकारहरूको प्रश्नमा प्रधानमन्त्री देउवाले भने, ‘हो, एमसीसी कहिलेसम्म पास हुन्छ भन्दाखेरि मैले भने, अहिले हाउस छैन । हामीसँग गठबन्धन पार्टनरहरू छन्, यसका सम्बन्धमा कुरा भइरहेको छ । हामीले अब छिट्टै पत्रकार सम्मेलन गरेर यसलाई पास गराउने प्रचण्डजी र मैले साइन गरेरै पठाएका छौं त ।’

प्रकाशित मिति: : 2021-11-07 14:20:00

प्रतिकृया दिनुहोस्