मेवाबारीमा पसेपछि मैले जसलाई भेटेँ

'भारतीय मेवा खाएर हुर्कियौं, अब नेपालमै फलेको मेवा खुवाउँछौं'

सेतोपाटी

राजेश घिमिरे

दिउँसो करिब १ बजेतिर म आइपुगेको छु भरतपुर महानगरपालिका, वडा नम्बर–१८ गुञ्जनगरमा।

भरतपुर–मेघौली सडकको मिलनचोकबाट उत्तर लागेर रेसुंगा कृषि फार्म हुँदै अघि बढ्दा मेरो नजर मेवाबारीमा पुग्यो। कालोपत्रे सडकसँगै जोडिएको खेतमा लटरम्म मेवा फलेको देख्दा भित्र नपसी अघि बढ्न मनै मानेन।

गाडी रोकेर मेवाबारी पुग्दा दुई युवा मेवासँग सेल्फी खिच्दै थिए। दुईमध्ये एक थिए, सुसनसिंह केसी।

सुसन र अन्य चार जना युवा मिलेर सञ्चालनमा ल्याएको मेवाबारी रहेछ यो। सुसन वन विज्ञानका विद्यार्थी हुन्। उनले हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानबाट स्नातक गरेका रहेछन्।

मैले सोधेँ, ‘यो त पढाइ एकातिर, व्यवसाय अर्कोतिर भएन र?’

उनले वन विज्ञान पढे पनि एक जना आफन्तले गरेको मेवा खेतीबाट प्रभावित भएर समूहमा खेती सुरू गरेको बताए।

‘सानैदेखि नयाँ केही गरौं भन्ने सोच थियो, मामा गणेश भुसालले पश्चिम चितवनमा सुरू गरेको मेवा खेतीले मलाई प्रभावित बनायो। वन विज्ञान पढेर के भयो त, मेवा खेतीमा राम्रो सम्भावना छ भने यसैमा हात हाल्छु भन्ने लाग्यो,’ उनले भने, ‘सरकारी जागिर बुबा, दिदीहरूले पनि गरे। त्योभन्दा नयाँ गरौं जसले युवालाई प्रेरित गरोस् भनेर यता लागेँ।’

प्रकाशित मिति: : 2021-11-07 11:41:00

प्रतिकृया दिनुहोस्