पृथ्वीनारायणको शासनकालसम्म राष्ट्रिय सम्बतको मान्यता पाएको थियो नेपाल सम्बतले

शंखधर साख्वा:ले कसरी गरेका थिए गरिबको ऋणमोचन?

सेतोपाटी

काठमाडाैं

प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल सम्बत ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस सम्बतलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्।

राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्बतको सुरूआत गराएको इतिहास छ।

नेपाल सम्बतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्बतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धरले जानकारी दिए।

'लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरू नेपाल सम्बत पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक सम्बतका रूपमा चलेको थियो, लिच्छविकालअघि शक सम्बत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक सम्बत हो,' उनले भने।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल सम्बतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको हो। नेपाल सम्बतलाई नयाँ वर्षका रूपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा लगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा विशेष रूपमा मनाउने गरिन्छ।

गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक सम्बत चलाएको कदर गर्दै २०५६ को नयाँ वर्षका दिन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए।

प्रकाशित मिति: : 2021-11-05 11:20:00

प्रतिकृया दिनुहोस्