म्यान्मारमा सैन्य व्यापारीको गोली हानी हत्या

बिएल संवाददाता

रंगुन, म्यान्मार
RFA

म्यान्मारको सेनाद्वारा सञ्चालित दुईवटा कम्पनीका महाप्रबन्धक थेइन आङको गोली हानी हत्या गरिएको छ। 

पुरानो राजधानी रंगुनको मायाङ्गोनस्थित आफ्नै घरअघि उनकाे गोली हानी हत्या गरिएको सैन्य सरकारका प्रवक्ताले पुष्टि गरेका छन्। 

विद्रोही समूहको गोली लागेर उनकी पत्निसमेत गम्भीर घाइते भएकी छन्। घाँटीमा गोली लागेका आङको घटनास्थलमै मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ।

म्यान्मारकाे टेलिकम कम्पनी माइटेल जुन्ता सेना र भेयतनामको रक्षा मन्त्रालयको स्वामित्वमा रहेको कम्पनी हो। सैन्य ‘कू’यता म्यान्मारमा दिनहुँ प्रदर्शन र सैन्य स्वामित्वमा रहेका कम्पनीहरूमाथि तोडफोड भैरहेको छ। 

गाेली हानी हत्या गरिएका आङले थ्रुपै सैन्य कम्पनीहरूको नेतृत्व सम्हालेका थिए। उनी म्यान्मार नौसेनाका पूर्वप्रमुखसमेत हुन्।

प्रकाशित मिति: : 2021-11-05 07:55:00

प्रतिकृया दिनुहोस्