संघीयताको जग हल्लाउँदै आलोपालो र फेरबदलको खेल, राज्यमाथि भार थप्दै पटके मुख्यमन्त्री !

लोकान्तर

उद्धव थापा

प्रदेश–१ मा ६९ दिनमा सरकार परिवर्तन भयो। नेकपा एमालेको सरकार ढालेर सत्ता गठबन्धनले एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाएको छ।

प्रदेश–१ मा साढे तीन वर्षको अवधिमा राई तेस्रो मुख्यमन्त्री बनेका छन्।

कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार राजीनामा दिएका छन्। त्यहाँ कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री नियुक्त भएका छन्।

यता बागमती प्रदेशमा साढे ३ वर्षमा तीनजना मुख्यमन्त्री बनेका छन्। एमालेका नेता डोरमणि पौडेललाई विस्थापन गरेर मुख्यमन्त्री बनेकी एमाले नेतृ अष्टलक्ष्मी शाक्यले ७१ दिन मात्रै सत्ता सम्हाल्न पाइन्। अहिले बागमती प्रदेशमा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बनेका छन्। 

गण्डकी प्रदेशमा एमालेको सरकार ढालेर गठबन्धनले कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री भएका छन्। 

प्रकाशित मिति: : 2021-11-04 16:24:00

प्रतिकृया दिनुहोस्