जब ओलीले प्रभु साहलाई गाडीमा हालेर हिँडे !

रातोपाटी

काठमाडौं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी चुनावमा माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुसमार नेपालको सेखी झार्न चाहन्छन् । यही कारण उनले रामबहादुर थापा बादललाई चितवनमा  प्रचण्डसँगै चुनाव लडाउने तयारी थालेका छन् भने माधव नेपालको गृहजिल्ला रौतहटमा प्रभु साहलाई उपचुनाव लडाएर जिताउन चाहेका छन् ।

यता, माधव नेपालको चुनाव क्षेत्र काठमाडौं क्षेत्र नम्बर २ मा काँग्रेसबाट रामचन्द्र पौडेल पक्षकी डा. माधवी भट्टले चुनाव लड्ने तयारी थालिसकेकी छिन् । प्रधानमन्त्री शेरबहादुर देउवाले माधव नेपाललाई साथ दिने घोषणा गर्दा माधवी ‘ब्याक’ भइनन् भने एमालेले ‘म्याच फिक्सिङ’ गराएर भए पनि माधव नेपाललाई हराइदिने सम्भावना देखिन थालेको छ ।

प्रचण्डको सेखी झार्ने रणनीतिअनुसार ननै ओलीले अघिल्लो साता झापा जाँदा पूर्वमाओवादी नेता प्रभु साहलाई समेत  सँगै लिएर जाने विचार गरेका थिए । तर, लेखराज भट्टसँगै झापा पुगेर फर्केका ओलीले साहलाई आफ्नो गृहजिल्लामा लैजान सकेनन् ।

प्रकाशित मिति: : 2021-11-03 08:42:00

प्रतिकृया दिनुहोस्