लिबियाबाट फर्केर निरन्तर सुरक्षा सेवामा माइकल

देशसञ्चार

काठमाडौं

काठमाडौँ – नेपाली सेनाको भक्तपुरको भैरव बहान गुल्मको चौरमा कालो रङको कुकुर खेलिरहेको थियो। क्यामरा निकालेर फोटो खिच्न थालेपछि बस्यो, लाग्यो तस्बिरका लागि पोज दिँदै थियो। तर उक्त कुकुर आफ्नै सुरमा थियो। उक्त कुकरको नाम थियो माइकल।

१२ वर्ष लागेको माइकल अनुशासित भएर बसेको रहेछ। मिक्की र ताराको बच्चा माइकल हेर्दा आकर्षक छ। सेनाको भैरव बहान गुल्ममै माइकल जन्मिएको हो। २०६६ साल पुस १३ गते जन्मिएको माइकल क्यानाडियन लेब्राडोर ब्रिड जातको हो। माइकलको तौल ३५ किलो छ।

माइकल सामान्य कुकुरमात्रै होइन। देशको सुरक्षाका लागि खटिँदै आएको सिपाहीसरह हो। माइकल सेनाको मिसनमा लिबियासम्म पुगेको छ। संयुक्त राष्ट्रसंघले तोकेको आधारभूत योग्यतामा अब्बल सावित भएपछि २०७४ साल असोज १७ गते माइकल नेपालबाट लिबिया मिसनमा गएको थियो। त्यहाँ नेपाली सेनाको सुरक्षा सहयोगी बनेको थियो। लिबियामा माइकल खोज तथा उद्धारमा खटिएको थियो।

प्रकाशित मिति: : 2021-11-03 08:38:00

प्रतिकृया दिनुहोस्