बेलायतमा २४ घन्टामा ४० हजार भन्दा बढी सङ्क्रमित

Symbolic photo
Symbolic photo

बेलायतमा गएको २४ घन्टायता ४० हजार ७७ जना कोरोना भाइरसका सङक्रमित भेटिएका छन्। यो समेतगरी यहाँ भाइरसका सङ्क्रमितको संख्या ९० लाख ९७ हजार पुगेको छ। 

गएको २४ घन्टामा यहाँ कोरोनाबाट ४० जनाको मृत्यु भएको छ। यो समेतगरी यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ४० हजार ६७२ पुगेको छ।

यहाँका स्वास्थ्य अधिकारीहरुले यतिखेर यस भाइरसबाट सङ्क्रमितहरु कम्तीमा पनि ९ हजार जना अस्पतालमा रहेका बताएका छन्। बेलायतमा पछिल्ला केही हप्तायता कोरोना भाइरसका सङ्क्रमितहरु बढ्दै गएको पाइएको बताइएको छ। 
 

प्रकाशित मिति: : 2021-11-02 13:46:00

प्रतिकृया दिनुहोस्