फेरि आउँछ कोरोनाको नयाँ लहर?

देशसञ्चार

डा. प्रवीण श्रेष्ठ

वर्तमान कोरोना प्यान्डेमिककालको पछिल्लो अवस्थामा युरोपमा फेरि संक्रमण बढ्दै गई नयाँ प्यान्डेमिक लहर चलिरहेको कुरा यसै शृंखलाको गत अंकमा चर्चा भइसकेको छ। तर युरोपको वर्तमान प्यान्डेमिक लहरबारे त्यति चर्चाले मात्रै नपुग्ला।

सन् २०२० को मार्चमा पहिलो कोरोना प्यान्डेमिक लहर आएको युरोपमा त्यसपछि पनि थुप्रै लहर आइरहे र यो क्रम हाल पनि जारी छ। युरोपको पहिलो लहरमा दैनिक अधिकतम कोरोना संक्रमण ३८००० र नयाँ मृत्यु ५००० जति भेटिएको थियो भने त्यहाँ हालसम्म अधिकतम दैनिक संक्रमण गत जनवरीमा ३००००० र दैनिक मृत्यु ७००० भन्दा धेरै भेटिएको थियो।

त्यसपछिका लहरमा युरोपको दैनिक संक्रमणमा झन्डै दसौं गुणा वृद्धि भए पनि दैनिक मृत्युमा भने सामान्य मात्रै वृद्धि भएको देखियो। पछिल्लो अवस्थामा यसै वर्षको जुनदेखि सुरु भएको लहर सेप्टेम्बरको अन्त्यसम्म आइपुग्दा दैनिक १४०००० देखि १९०००० सम्म नयाँ संक्रमण देखा परेकोमा अक्टोबरदेखि अचनाक वृद्धि भई दैनिक संक्रमण २६०००० नाघिसकेको छ। त्यस्तै, दैनिक मृत्यु करिब १००० बाट बढेर ३७०० नाघिसकेको छ। संक्रमणको अनुपातमा मृत्यु केही कम भए पनि युरोपको हालको दैनिक संक्रमण दोस्रो अत्यधिक हो र यसै क्रममा बढ्दै गए निकट भविष्यमा वर्तमान लहर त्यहाँको हालसम्मकै सबभन्दा ठूलो लहर बन्नेछ।

प्रकाशित मिति: : 2021-10-31 20:40:00

प्रतिकृया दिनुहोस्