राणाकालमा सुरू भएको बहुदलपछि खस्किएको न्यायालय

सेतोपाटी

शोभा शर्मा

जुद्धशमशेर जबराले १९९७ साल असार १३ मा एउटा सनद जारी गरे। त्यसमा लेखिएको थियो- जुडिसरीलाई कार्यपालिकाबाट अलग राख्न प्रधानन्यायालयको स्थापना गर्ने।

त्यसको १८ दिनपछि १९९७ साल साउन १ गते प्रधानन्यायालयको स्थापना भयो।

'जुडिसरीलाई कार्यपालिकाबाट अलग गर्ने’ भने पनि त्यसको मर्म भने राणाहरूलाई थाहा थिएन। 'जुडिसरी’ शब्द त्यहाँ परेकोले नै अनुमान लगाउन सकिन्छ, त्यो सोच कसैले ‘बाहिर'बाट ल्याएको थियो।

प्रधानन्यायालय राणाहरू अन्तर्गतकै ‘स्वतन्त्र’ निकाय थियो। त्यसको प्रमुखलाई 'न्यायाधीश जनरल' भन्न थालियो।

२००७ सालको क्रान्तिपछि मुलुकमा प्रजातन्त्र आयो। त्यसपछि मात्र स्वतन्त्र न्यायपालिकाको परिकल्पना अघि बढ्यो।

२००८ सालमा प्रधानन्यायालयको छुट्टै ऐन आयो। त्यसपछि २००९ सालमा प्रधानन्यायलयको स्थापना भयो। प्रधानन्यायालयको प्रमुखलाई 'न्यायधीश जनरल’को सट्टा प्रधानन्यायाधीश भन्न थालियो।

दार्जिलिङका अधिवक्ता हरिप्रसाद प्रधान नेपालको पहिलो प्रधानन्यायाधीश बने। उनलाई गृहमन्त्री वीपी कोइरालाले प्रधानन्यायाधीशका लागि नेपाल आउन राजी गराएका थिए।

प्रकाशित मिति: : 2021-10-31 13:29:00

प्रतिकृया दिनुहोस्