अन्नपूर्ण पोष्ट
धेरैले पञ्च मार्कलाई विश्वको सबैभन्दा पुरानो मुद्राका रूपमा पनि लिने गरिन्छ। ती सिक्का कपिलवस्तुको तिलौराकोट उत्खननका क्रममा भेटिएको संग्रहालयले जनाएको छ।
इतिहास, सभ्यता र संस्कृतिलाई प्रमाणित गर्ने एउटा महत्त्वपूर्ण पुरातात्त्विक प्रमाण हो, मुद्रा। विभिन्न अभिलेख र पुराना दस्तावेजले प्रमाणित गर्न नसकेका इतिहासलाई उजिल्याउने काम पनि मुद्राले नै गर्छ। त्यसैले पुरातात्त्विक उत्खननमा यसलाई महत्त्वपूर्ण प्रमाण मानिन्छ।
तत्कालीन राजनीतिक घटनाक्रमको आरोह–अवरोह, धार्मिक, सांस्कृतिक, आर्थिक परिदृश्यका साथै भाषा, धर्म, लिपि, वैदेशिक सम्बन्धसँगै तत्कालीन समय, शासक र भूगोललाई प्रष्ट पार्ने प्रा.डा. प्रेम खत्रीले ‘मुद्रा, राष्ट्र र समाज: सभ्यताका विविध आयाम’ लेखमा उल्लेख गरेका छन्। ‘हेर्दा सानो धातुको टुक्रा मुद्राले धर्म, अर्थ, राजनीति, कला, इतिहास, समाज, सम्प्रभुता, शासनको निरन्तरता वा वंशक्रम, व्यापार विस्तार आदि विषयलाई प्रकाश पार्छ’, खत्रीले आफ्नो लेखमा भनेका छन्, ‘यसका गुण र विशेषता वास्तवमै धेरै छन्।’
काठमाडौंको छाउनीस्थित राष्ट्रिय मुद्रा संग्रहालयले नेपालका अत्यन्त दुर्लभ तथा सर्वप्राचीन मुद्राहरूको संरक्षण मात्र गरेको छैन, संग्रहालयको ‘सोकेस’मा प्रदर्शनमा राखिएका मुद्राले तत्कालीन समयको वस्तुस्थिति र इतिहासका महत्त्वपूर्ण पटाक्षेपहरूलाई पनि छर्लंग पार्ने काम गर्छ। यसैगरी वस्तु विनिमय हँुदै मौद्रिक प्रणालीको विकास, विभिन्न कालखण्डमा शासकहरूले चलाएका मुद्रा, त्यसको विशेषता, मान्यता अनि मुद्राहरूको विकासक्रमको समग्र पाटोलाई राष्ट्रिय मुद्रा संग्रहालयले पुष्टि गर्छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया