दाङका एक कोरोना संक्रमितको मृत्यु 

दाङका एक कोरोना संक्रमितको मृत्यु भएको छ। बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत गढवा गाउँपालिका- १ का ३३ वर्षीय पुरुषको मृत्यु भएको हो।

उनको आज दिउँसो १ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले बाँकेले जनाएको छ। असोज २ गते संक्रमण पुष्टि भएपछि उनलाई असोज २१ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो।

यससँगै दाङमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ७१ पुगेको दाङ जिल्ला कोभिड १९ संकट व्यवस्थपन केन्द्रले जनाएको छ। दाङमा १२ हजार ८ सय २८ जनामा कोरोना पुष्टि भएको छ भने जसमध्ये १२ हजार ५ सय २९ जना निको भईसकेका छन्। 

सक्रिय संक्रमितको संख्या २८ रहेको व्यवस्थापन केन्द्रले जनाएको छ।
 

प्रकाशित मिति: : 2021-10-29 19:08:00

प्रतिकृया दिनुहोस्