'अदालतको विषयमा प्रधानन्यायाधीश मात्रै होइन, सरकार पनि दोषी छ'

थाहा खबर

काठमाडाैं

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई राजीनामा दिन चौतर्फी दबाव परिरहँदा पनि उनी राजीनामा दिने मनस्थितिमा छैनन्। पूर्वन्यायाधीश फोरम, चार पूर्व-प्रधानन्यायाधीश, सर्वोच्च बार एसोसिएसन र नेपाल बार एसोसिएसनलगायतले प्रधानन्यायाधीश राणाले राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्ने बताइरहँदा उनले भने केही व्यक्तिले माग्दैमा राजीनामा नदिने बताउँदै आएका छन्।

सर्वोच्च अदालतका १५ जना न्यायाधीशको बैठकले समेत प्रधानन्यायाधीश राणाका कारण न्यायालय बदनाम भएको निष्कर्ष निकालेको छ। प्रधानन्यायाधीश र न्यायाधीशहरूको विवादले सर्वोच्चको काम प्रभावित बनेको छ। यही सेरोफेरोमा थाहाकर्मी नवीन लुइँटेलले न्यायपालिकाभित्र देखिएको विवाद, विवादका कारण, यसको निकासका विषयमा पूर्व-प्रधानन्यायाधीश सुशीला कार्कीसँग थाहाकर्मी नवीन लुइँटेलले गरेको कुराकानीको सम्पादित अंश :

न्यायपालिकाभित्र देखिएको विवादलाई कसरी हेर्नुभएको छ?

नहुनुपर्ने विवाद हो त्यो। त्यसले गर्दा न्यायपालिकाका काम सबै अवरुद्ध भए। बेलाबेला विवाद र मनमुटाव भएका छन् तर अहिलेको विवादचाँहि गम्भीर प्रकृतिको छ।

कसका कारणले यो समस्या आयो?

अहिले हेर्दा त प्रधानन्यायाधीशका कारणले नै आएको देखिन्छ। त्यहाँका आन्तरिक कुरा त गम्भीर रूपमा हामीलाई पनि थाहा छैन तर सबैतिर हेर्दा उनकै कारण देखिन्छ।

प्रकाशित मिति: : 2021-10-29 17:04:00

प्रतिकृया दिनुहोस्