न्यायालयको रमितामा राजनीतिक दल रमाउने कि निकास दिन अग्रसर हुने ?

लोकान्तर

उद्धव थापा

अपारदर्शी साठगाँठ र सरकारमा भागबण्डा खोजेका कारण संकटमा परेको न्यायिक नेतृत्वको निकासका लागि केही दिन यता सर्वोच्च अदालतको बेन्च र बार खाली छन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पेशी त तोकेका छन् तर न्यायाधीशहरू बेन्चमा छैनन्। वकिलहरू बहस गर्न तयार छैनन्। न्यायाधीश र वकिलहरूले प्रधानन्यायाधीशको राजीनामा मागेका छन्। प्रधानन्यायाधीश भने निकास दिन तयार छैनन्।

सर्वोच्च अदालतका न्यायाधीशहरूले सामूहिक रुपमा भेटेर जबरालाई राजीनामा दिएर निकास दिन भनेका थिए। न्यायाधीशहरूको सुझावलाई उनले ठाडै अस्वीकार गरिदिए। उनले भने, ‘सडकबाट राजीनामा माग्दैमा राजीनामा दिन्नँ। संवैधानिक प्रक्रियाबाट आएको हुँ। बाहिरिनु परे पनि संवैधानिक प्रक्रियाबाटै बाहिरिन्छु।’

जबराले आवश्यक परे संवैधानिक प्रक्रियाबाटै बाहिरिने भन्नुको अर्थ संसदमा महाअभियोग दर्ता भए पनि सामना गर्न तयार छु भन्ने सन्देश हो। न्यायाधीश इजलासमा नबस्ने र प्रधानन्यायाधीशले समस्या समाधान गर्न नसक्ने हुँदा सर्वोच्च अदालतमा न्यायका लागि आएका सर्वसाधारणले दुःख पाइरहेका छन्। 

प्रकाशित मिति: : 2021-10-29 14:14:00

प्रतिकृया दिनुहोस्