काठमाडौंप्रेस
मानिस बाँच्नका लागि सबैभन्दा बढी आवश्यक चिज हो, अक्सिजन । त्यसपछि पानी । उसो त चिकित्सकहरू अक्सिजन आपूर्तिका लागि सकेसम्म पानी पिउन सल्लाह दिन्छन् ।
पानीका लागि काठमाडौं उपत्यका छटपटाउन थालेको आज होइन, उपत्यकाको बढ्दो सहरीकरणसँगै २०३०/३१ सालदेखि नै उपत्यकाभित्र र बाहिरका सतहगत स्रोत अध्ययन गरी उपत्यकामा खानेपानी परिपूर्तिलाई सहज तुल्याउने प्रयास भएको थियो । यही क्रममा यहाँको पानीको मागलाई थेग्न सक्ने एक मात्र विकल्पका रूपमा मेलम्ची खानेपानी आयोजनाको अवधारणा सुरु भएको हो ।
२०५२ सालमा मेलम्ची खानेपानी आयोजना सञ्चालन गर्नका लागि लगानीकर्ता पहिचान गरी कार्यान्वयनमा ल्याउन तत्कालीन नेपाल सरकारले मेलम्ची खानेपानी लिमिटेडको स्थापना गरेको थियो । एसियाली विकास बैंक, जापानी तथा नर्वेजियन सरकार आदि प्रमखु दाताले लगानी गर्ने इच्छा देखाएपछि नेपाल सरकारले आव २०५५/५६ मा तत्कालीन आवास तथा भौतिक योजना मन्त्रालय र हाल खानेपानी मन्त्रालय सरोकारवाला मन्त्रालय रहने गरी ‘मेलम्ची खानेपानी विकास समिति’बाट मेलम्ची खानेपानी आयोजनाको कार्यान्वयन हुँदै आएको छ ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया