प्रदेश नं २ सरकारले मुस्कानको थप उपचारका लागि ५ लाख सहयोग गर्ने

File Photo
File Photo

प्रदेश नं २ सरकारले पर्सा वीरगञ्जका एसिड पीडित मुस्कान खातुनाको थप उपचारका लागि पाँच लाख सहयोग गर्ने भएको छ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले एसिड पीडित खातुनाको थप उपचारका लागि पाँच लाख उपलब्ध गराउने निर्णय गरेको हो। वीरगञ्ज–४ स्थित गणेशमान चोकमा २०७६ भदौ २० गते दुई युवकले मुस्कानमाथि एसिड प्रहार गरेका थिए।

यसअघि खातुनको उपचारका लागि सङ्घीय सरकारले पनि रु तीन लाख सहयोग उपलब्ध गराएको थियो। यसैगरी उनको उपचारका लागि वीरगञ्ज महानगरपालिका कार्यालयले दुई लाख र नगर प्रमुख विजय सरावगीको तलब भत्ताबाट रु एक लाख गरी जम्मा तीन लाख सहयोग गरेको थियो। यसअघि प्रदेश सरकारले एसिड पीडित जनकपुरकी आरती साहलाई पनि रु पाँच लाख सहयोग गरेको थियो।

प्रकाशित मिति: : 2021-10-26 20:00:00

प्रतिकृया दिनुहोस्