सहकारीको नाममा ठगीधन्दा– १२ सहकारीले झ्वाम पारे बचतकर्ताको १ खर्ब ८० अर्ब !

लोकान्तर

काठमाडौँ

अघिल्लो आर्थिक वर्ष अर्थात् २०७६/०७७ मा तारकेश्वरमा रहेको एक ऋण सहकारी संस्थाले आफ्ना सदस्यबाट १५ करोड रुपैयाँ बचत संकलन गरेको थियो तर पछिल्लो आर्थिक वर्षमा ३ करोडभन्दा कम संकलन भयो । 

अघिल्लो समयमा कोरोना भाइरस संक्रमणको महामारी भए तापनि बचतकर्ताले सहकारीमा पैसा बचत गरेका थिए तर पछिल्लो समय बचतकर्ताले धेरै पैसा बचत गरेनन् । 

‘अहिले बचतकर्ताले सहकारीलाई विश्वास नै गर्न छाडे । दैनिक १ हजार बचत गर्नेले अहिले ५० रुपैयाँ मात्रै बचत गर्छन् । ऋण लिन पनि त्यति धेरै आएका छैनन्,’ सहकारीका सञ्चालक समितिका एक सदस्यले लोकान्तरसँग भने । 

पछिल्लो समयमा सहकारी तथा कोअपरेटिभमा भएको ठगीले गर्दा सहकारीप्रति जनताको विश्वास गुमेको उनले बताए ।

प्रकाशित मिति: : 2021-10-26 15:39:00

प्रतिकृया दिनुहोस्