प्रचण्डलाई हेप्ने ? डिस हान्ने ?

रातोपाटी

काठमाडौँ

‘हेप्ने ? डिस हान्ने ?’ भन्ने यो शब्दावली सामाजिक सञ्जाल, खास गरी टिकटकमा ट्रोल बनेको धेरै भइसक्यो। नेकपा एमालेका पूर्व मन्त्री गोकुल बाँस्कोटाको शब्द र स्वरमा भाइरल बनेको शब्दावली हो – हेप्नी ? डिस हान्ने ? म कोल्याप्स गर्दिन्छु नि फेरि !

अघिल्लो साता यस पंक्तिकारसँगको भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलन र यसको नेतृत्वलाई हेप्ने, अपमान गर्ने र माओवादी पार्टीलाई नै सिध्याउन खोज्ने संसद्वादी शक्तिहरूले नियत राखेका कारण देश अगाडि बढ्न नसकेको विश्लेषण र गुनासो सुनाएका थिए।

यो साता माओवादी अध्यक्ष प्रचण्ड फ्रेस हुनका लागि सिन्धुपाल्चोकको सुकुटे गएको  र त्यही भ्रमणकै क्रममा जीपलाइनमा सयर गरेको विषयले चर्चा पायो। देशभरि मानिसहरू बाढी पहिरोको चपेटामा परेका बेला प्रचण्ड जीपलाइनमा सरर भन्ने व्यहोराका समाचार, कार्टुन र व्यङ्ग्यहरू आए। सामाजिक सञ्जाल र मिडियामा प्रचण्डको चर्को आलोचना भयो।

प्रचण्ड जीपलाइन चढेको विषयमा आएका आलोचनात्मक टिप्पणी सुनेपछि माओवादी कार्यकर्तामा आक्रोश देखिएको छ। ‘के प्रचण्डले जीपलाइनमा चढेर ठुलै अपराध गरेका हुन् र ? अनि, प्रचण्डले घरैमा खुम्चिएर बस्नुपर्ने हो त ?’ यस्ता खालका प्रश्न–प्रतिप्रश्नहरू पनि माओवादी पङ्क्तिबाट आएका छन्। समग्रमा प्रचण्डलाई हेपेर उनीमाथि यस्ता खालका आलोचनाहरू हुने गरेको र समग्र माओवादीलाई होच्याउन खोजिएको सो पार्टीका नेता–कार्यकर्ताहरूको बुझाइ देखिन्छ।

प्रकाशित मिति: : 2021-10-25 10:28:00

प्रतिकृया दिनुहोस्