साहस हुनेहरू जिपलाइन चढ्छन्, नहुनेहरू भित्तो कोपर्छन् !

लोकान्तर

काठमाडौँ

एकपटकको आर्मी कमान्डर सधैँभरी आर्मी कमान्डर भनेजस्तै कुनै जमानाको आर्मी कमान्डर हुन् नि त प्रचण्ड, त्यसैले 'आर्मी नेभर रिटायर्डु भनेजस्तै प्रचण्डभित्रको आर्मीपन अझैसम्म पनि रिटायर्ड भएको छैन। साहसिक 'जिपलाइनुको एउटा डोरीमा 'विदआउट सेक्युरिटी प्रोटोकल' आर्मीजस्तै

झुण्डिएर एक्सन दिएको दृश्यबाट नै थाहा हुन्छ कि प्रचण्ड शारीरिक र मानसिक रूपमा कति जुझारू छन् भनेर।

'युवा अवस्थामै बुढ्यौली लागेका केही फट्यांग्राहरूलाई प्रचण्डको यो आर्मीको जस्तो साहस मन परेको छैन, किनकि उनीहरूलाई लागेको थियोप्रचण्ड अब बुढो भैसके, केही गर्न सक्दैनन्।'

तिम्रो उमेरमा प्रचण्ड आफ्नो काँधमा सिंगो देश बोकेर हिँडिरहेका थिए, बाबु। दक्षिण एसियामा प्रगतिशील मोर्चा सम्हालिरहेका थिए। तिमीले यो जवान उमेरमा के गरेका छौ त ? अँध्यारो कोठामा बसेर हानहान भन्दै पब्जी खेलिरहेका छौ हैन ? कि हाइ भोल्टेजको फिल्टर प्रयोग गरेर टिकटकमा लाइभ पो बसेका छौ कि? 

प्रकाशित मिति: : 2021-10-24 13:34:00

प्रतिकृया दिनुहोस्