… अनि सुरु भयो प्रकाशको गायन यात्रा

थाहा खबर

काठमाडाैं

राजु पौडेल

अभिभावकको जेठो सन्तान। गीत गाउने रहरका बाबजुद पनि परिवारको आर्थिक विपन्नतालाई सम्पन्नतामा ढाल्नुपर्ने जिम्मेवारी। देशमा रोजगारको भरपर्दो आधारको कमी, परदेशले आर्थिक पाटो सबल बनाउला भन्ने आशा। त्यही आशाले परदेशिने सोच। सोचको परिणामस्वरूप अहिले चर्चामा रहेका गायक तथा सर्जक प्रकाश दुतराजले हरियो पासपोर्ट बनाए।

पासपोर्ट बनेको केही दिनमा काठमाडौं हिँडे। काठमाडौं आउँदैमा विदेशिन सजिलो थिएन। अन्तिम समयमा आएर एजेन्टले विदेशका लागि भिसा प्रक्रिया पूरा गर्न सकेन। विदेशिने बाध्यात्मक परिस्थितिलाई तत्कालीन समयमा विश्राम पायो।  फसेको पैसा फिर्ता भएन। तर, उनी रित्तो झोला बोकेर गाउँ फिर्ता भए।

साथीभाइ माझ गीत गाउनु र आफैँ वाद्यवादनबाट धून निकाल्नु उनको शोख थियो। उनको यो शोख आफ्ना वरिपरिका मित्रले राम्रैसँग बुझेका थिए। तर, उनले भने गायक नै बनेर जीवन चल्छ भन्ने सोचिसकेका थिएनन्। किनभने उनका गीत बजारमा जान बाँकी थिए।

केही दिनअघि मात्र उनले सिर्जना र स्वर भरेको 'जाम भो माइली' बजारमा आएको छ। लोक लयमा आधारित उक्त गीत अहिले युवापुस्ताको जिब्रोमा झुण्डिएको छ नै। त्यसभन्दा बढी सामाजिक सञ्‍जालमा खुबै रुचाइएको छ। करिब ७ महिनाअघि तयार पारेको उक्त गीत आर्थिक पाटोले गर्दा केही समय रोकियो। तर, आफैँलाई मन परेको आफ्नो सिर्जना निकाल्न उनले खुबै मिहिनेत गरेको सुनाउँछन्।

प्रकाशित मिति: : 2021-10-23 11:58:00

प्रतिकृया दिनुहोस्