बूढेसकालमा सुझबुझ गुमाउने रोग

सेतोपाटी

काठमाडाैं

डा. विश्व बन्धु शर्मा

मानिसको उमेर छिप्पिँदै जाँदा अनुभव धेरै हुने र व्यावहारिक ज्ञान बढ्ने भए पनि उसको बौद्धिक क्षमता कम हुन्छ भन्ने मान्यता छ। उमेर खाइसकेका व्यक्तिहरू कार्यक्षमतामा पनि कमजोर हुँदै जान्छन् भनिन्छ। तर, कुनै–कुनै समुदायमा, परम्परागत मान्यता र मूल्यअनुसार चल्नेहरुमा जति–जति पाको उमेर भयो, उति सक्षम मानिन्छ। 

आधुनिकताबाट अलग रहेर जीवनशैली अपनाउने कतिपय आदिवासी समुदायमा उमेर छिप्पिएको व्यक्तिलाई वरिष्ठ मानेर मात्र हैन कि क्षमतावान, अनुभवी र बुद्धिमान ठानेर विशेष आस्था र सम्मान गरिन्छ। हाम्रो देशमा पनि कुनै–कुनै जाति, समुदाय या समूहमा सबैभन्दा बूढोलाई समूहको ‘थकाली’ मानेर उसैको आदेश र  रायलाई अन्तिम फैसला मानिन्छ। 

उमेर छिप्पिएका व्यक्तिको मस्तिष्कले ढिलो र विस्तारै काम कम गरे पनि परिपक्व निर्णय लिन्छ र खतरा मोल्ने बानी कम हुन्छ। बोल्दा आवेश र वेग कम हुन्छ। तर, शब्द चयन र वाक्य बनावट गहकिलो हुन्छ। एक पटक निर्णय लिइसकेपछि धरमराउँदैन र निर्णयमा अडिग हुन्छ। जवान र पाको मस्तिष्कबीच यस्ता केही सूक्ष्म फरक छन्। तर, अहिलेको विकसित सभ्यतामा भने त्यसको ठीक उल्टो चलन छ। 

समाजले नै मानिससलाई बुढ्यौलीमा कमजोर ठान्ने सोच स्थापित भइसकेको छ। तर, वास्तविकता भने केही फरक छ। भनिन्छ, हामी जीवनभरिमा सम्पूर्ण मस्तिष्कको ऊर्जाको सानो अंश मात्र प्रयोग गर्छौं। जीवनभर प्रयोगमा ल्याएको मस्तिष्कको शक्ति, क्षमता भण्डारणको ढकनी नखुली बन्द अवस्थामै मान्छेको मृत्यु हुन्छ र शरीरसँगै नाश हुन्छ।

प्रकाशित मिति: : 2021-10-23 11:46:00

प्रतिकृया दिनुहोस्