सांकेतिक भाषाका दाेभाषे दिनेश श्रेष्ठ भन्छन्ः हातभन्दा छिटाे दिमाग चलाउनुपर्छ

देशसञ्चार

काठमाडाैं

 प्रतिभा चन्द

बोल्न र सुन्न सक्छन्, उनी। त्यसैले त सुनेको हरेक कुरालाई बोलीको माध्यमबाट जस्ताको तस्तै उतार्न सक्छन्।

तर उनको जिब्रोभन्दा अगाडि उनका हातहरु चलिरहेका हुन्छन्। बाटोमा एक्लै हिँडिरहँदा कुनै कुरा मनमा आउनेबित्तिकै उनका हात चलिरहेका हुन्छन्। कसैलाई केही कुरा बुझाउँदा पनि उनका हात नै अगाडि बढ्छन्। बोलेर आफ्ना कुराहरु अरुलाई बुझाउनुभन्दा पनि सांकेतिक भाषाको प्रयोग गर्न धेरै रुचाउँछन्।

सानो हुँदा गाउँघरमा इसारामा कुराकानी गरेको उनले नदेखेकाे भने होइन। तर त्यो बेला उनलाई यो कुराले आकर्षित भने गरेन। सानोमा कुराकानी गरिरहेका कोही व्यक्ति देख्दा पनि उनले खासै वास्ता गरेनन्।

नुवाकोटका दिनेश श्रेष्ठलाई सांकेतिक भाषामा कुरा गरेको त्यो बेला रोचक लाग्यो, जब आफूसँगै पढ्दै गरेका साथीहरु सांकेतिक भाषामा कुरा गरिरहेका हुन्थे।

प्रकाशित मिति: : 2021-10-21 16:23:00

प्रतिकृया दिनुहोस्