हुम्लाको खार्पुनाथमा पहिराेले घर परिदा ४ जनाको मृत्यु,२ जना बेपत्ता

सांकेतिक फाेटाे
सांकेतिक फाेटाे

हुम्लाको खार्पुनाथमा वर्षासँग आएको पहिरोले घर पुरिँदा खार्पुनाथ–५ खर्पेलगाउँमा ४ जनाको मृत्युु गएको छ। पहिराेमा पुरिएर २ जना बेपत्ता भएका हुम्लाका डीएसपी हेरम्ब शर्माले बताए।

'खर्पेलगाउँस्थित बीचदउडामा रहेको धनबिरे शाहीको घरमा मंगलबार राति माथीबाट खसेको पहिरोले घर पुरिदा धनबिरेसँगै कलबहादुर शाही, आशा शाही र उनका ११ , ५ र ३ वर्षीय छोरा पुरिएका थिए,' उनले भने।

घरपछाडिबाट आएको पहिरोले पुरिएर बेपत्ता भएका मध्ये कलबहादुर शाही उनकी श्रीमती आशा शाही, ५ र ३ बर्षिया २ छोरासहित ४ जनाको ज्यान गएको र धनबिरे शाही र १४ बर्षको छोरा अलेन्द्र शाहीको खोजी भइरहेको डिएसपी शर्माले बताए।

'रातिको समय भएकाले उद्धारमा कठिनाइ भएकोमा अहिले संयुक्त सुरक्षा टोलील उद्धार गर्दा ४ जना मृत अबस्थामा भेटीएको र २ जनाको खोजी भइरहेको छ,' उनले भने, 'घर पुरिदा घरसँगै पुरिएका ६ जना मध्ये ४ जना मृतक अवस्थामा फेला परेका र २ जना अझै बेपत्ता भएकाले खोजी कार्य जारी रहेको छ।'

उनले पुरिएको घरको गोठमा रहेका गाईगोरुलाई जिबितै उद्धार गरिएको बताए।

प्रकाशित मिति: : 2021-10-20 09:52:00

प्रतिकृया दिनुहोस्