बाह्रखरी
कात्तिक महिना लागिसक्दा पनि नेपालका अधिकांस क्षेत्रमा भारी वर्षा भइरहेको छ । यसवर्ष विगतका वर्षमा भन्दा लामो समयसम्म वर्षा कायमै रहेकाले जनजीवन प्रभावित भएको छ ।
मंगलबार सुदूरपश्चिम प्रदेश, कर्णाली र गण्डकी प्रदेशमा भारी वर्षा भएको छ भने देशभरका विभिन्न क्षेत्रमा बाढी पहिरो गएको छ । तीनजना बढीको मृत्यु भइसकेको छ अझै वर्षा रोकिएको छैन । कर्णाली, महाकाली, नारायणी, गण्डकीलगायतका नदी उर्लिएका छन् । मौसमविदले यस वर्षको मनसुन राम्रो भएसँगै वर्षा भइरहेको बताइरहेका छन् ।
यसबाहेक लुम्बिनी प्रदेश, वाग्मती प्रदेशलगायतका क्षेत्रमा हल्का वर्षा भइरहेको छ । मेघ गर्जन हुने, हावाहुरी चल्ने, बाढी पहिरो जाने भइरहेको छ । विभागले उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हिमपात र देशभरका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम विभागले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागकी मौसमविद् प्रतिभा मानन्धर यस वर्षको मनसुन राम्रो भएकाले लामो समयसम्म वर्षा भइरहेको बताइन् ।
‘‘यसपालि मनसुन राम्रो छ । त्यही भएर वर्षाको सम्भावना लामो समयसम्म रहिरहेको हो । मनसुन राम्रो भएको अवस्था वर्षा तुरुन्तै फर्किएर जाँदैन । मनसुनको प्रक्रिया हराउन समय लाग्छ । विस्तारै हराउँदै जाने हो,” मानन्धरले भनिन्, ‘‘अक्टोवर र नोभेम्बर पोष्ट मनसुन सिजन हो । यस्तो अवस्थालाई ‘ट्रपिकल साइक्लोन’ बन्ने सिजन भनिन्छ । अहिले ट्रपिकल साइक्लोन बनिरहेको अवस्था हो र हाम्रोमा ‘ट्रपिकल साइक्लोन’ सिजन पनि यही हो । प्रि मनसुन सिजनमा पनि यो अवस्था रहिरहन्छ ।”
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया