न्यायको चीत्कार, आँसुको व्यापार

शिलापत्र

काठमाडौं
File Photo
File Photo

सीमान्त नारीहरूको चीत्कारमा वासु शशीको कविताको याद आयो– ‘देश अर्थात् देश खोइ?’ ‘देश खोइ’को यो आक्रोशमय चीत्कार देश खोज्दै बाँकेबाट काठमाडौं आइपुग्यो। लगातार २० दिन हिँडेर। लगभग पाँच सय बीस किलोमिटरको दूरी छिचोलेर। न खाने ठेगान, न सुत्ने प्रबन्ध। कतै कन्दमूल खाँदै, कतै अमिला पात चुस्दै। कहिले रुखका फेदमा, कहिले ओडारमा सुतेर। अखण्ड कष्ट खपेर। आश गर्दै, महिला राष्ट्रपति भएको शीतल निवास दरबारले त महिलाको चीत्कार सुन्ला कि रु गणतान्त्रिक शासनको केन्द्र भनिने सिंहदरबारले त महिलालाई न्याय देला कि?

विषयको चुरो कुरो बाँकेका दुई निमुखा महिलाको जघन्य हत्याको हो। नकुन्नी धोबी र निर्मला कुर्मीको। नकुन्नी घरकैले कुटेर मारिइन्। निर्मला रैथाने व्याधाहरूले बेपत्ता पारेर मारिइन्। नकुन्नी थिइन् रामकुमारका तीनमध्येकी कान्छी स्वास्नी। सन्तान नजन्माएको निहुँमा नकुन्नी लोग्नेबाट हुनुसम्म प्रताडित थिइन्। लोग्ने कहिले सन्तान किन नपाएको भनी उनलाई कुट्थ्यो, कहिले दाइजो किन नल्याएको भनी उनलाई कुट्थ्यो। नकुन्नीले आततायी लोग्नेलाई सजाय गरिपाऊँ भनी अड्डामा उजुर गर्न गरिन्।

अड्डा पितृसत्ताको भक्त थियो। भक्त अड्डाले लोग्नेलाई पञ्च खत माफ र स्वास्नीलाई न्यायबाट वञ्चित गर्दै मिलापत्र गरायो।

प्रकाशित मिति: : 2021-10-18 14:45:00

प्रतिकृया दिनुहोस्