भारत-चीन सहयात्रा एशियाली युगका लागि अपरिहार्य छ

अनलाइनखबर

देवेन्द्र गौतम

के भारत दक्षिण एशियाली छिमेकीहरूबाट असुरक्षित अनुभव गरिरहेको छ ? बौद्धिक बहसका विभिन्न सामाजिक सञ्जालीय अखडाहरूमा भारतीय लगायत यस जम्बुद्विप
(दक्षिण एशिया) का मनुवाहरूसँग विचारविमर्श गर्ने क्रममा मेरो मनमा यो प्रश्न पटकपटक उठ्ने गर्छ।

दक्षिण एशियाका कमै मात्र देशहरूसँग भारतको सुमधुर सम्बन्ध रहेको मेरो बुझाइ छ। सबैभन्दा निरापद सम्बन्ध भएको जस्तो देखिएको भुटानसँग हो। यसो किनभने भारतको भुटानसँग विशेष सम्बन्ध छ, भुटानको परराष्ट्र मामिला नयाँ दिल्लीले हेर्ने गर्छ।

तर हालै चीन र भुटानबीच सीमा विवाद सुल्झाउने सम्बन्धमा भएको सहमतिले भारतलाई पक्कै झस्काएको हुनुपर्छ। आगामी दिनहरूमा भुटानले आफ्नो परराष्ट्र सम्बन्ध आफैं सञ्चालन गर्ने थप स्पष्ट संकेतहरू दिएछ भने आश्चर्य नमाने हुन्छ।

प्रकाशित मिति: : 2021-10-17 17:16:00

प्रतिकृया दिनुहोस्