मोहपाश/ ठूला कुराको भाउ

हिमाल खबर

काठमाडौं

जग्गा दलालीबाट झ्याप्पै पैसा कमाएपछि जगलाल र उनकी श्रीमती चुनमायाले आठ वर्षे छोरो पौरखलाई महँगो बोर्डिङ स्कूलमा हाले। छोराले पनि राम्रै पढ्न थाल्यो। अङ्ग्रेजीमा धुरन्धर हुँदै गयो।

जगलाललाई त जग्गाको कारोबारले अरू कुरा सोच्ने फुर्सद हुँदैनथ्यो। चुनमाया भने आफूले नजाने पनि छोराले अङ्ग्रेजी बोलेको देखेर दङ्ग परिन्। सोचिन्, “ओहोऽऽ अब हामी सम्भ्रान्त भयौं। सभ्य भयौं।”

छोराले ए लेभल सक्यो। एक साँझ परिवार नै छलफलमा बसे।

“यस्तो टेलेन्ट बच्चालाई यो देशमा राख्न हुँदैन,” चुनमायाले अड्डी कसिन्। जगलालले छोरालाई नेपालमै केही गर्ने सल्लाह दिए। तर, चुनमाया तगारो बनिरहिन्। त्यो अड्डीको अगाडि जगलालका हड्डी गले। छोरो अमेरिका हानियो।

पौरखले अमेरिकामा पनि पौरख देखायो। पढाइ पूरा गरेर नेपाल फर्कियो।

“यति टेलेन्ट मान्छे यस्तो रद्दी ठाउँमा बस्न हुँदैन,” चुनमायाले फेरि बाउ-छोराकै हड्डी गलाइन्।

जगलाल र चुनमायाले छोराको बिहे धूमधामका साथ गरिदिए। छरछिमेकमा हल्ला चल्यो, “जगलालले अथाह पैसा कमाएको रै’छ, छोराको बिहेमा सत्तरी लाख जति खर्च गर्‍यो।”
 

प्रकाशित मिति: : 2021-10-17 10:28:00

प्रतिकृया दिनुहोस्