कोभिडले बिथोल्यो कलाकारका कन्सर्ट

काठमाडौंप्रेस

प्रबिता श्रेष्ठ

विश्वभर कोभिड-१९ फैलिनुअघि चाडपर्व, उत्सव, नयाँ वर्षजस्ता अवसरमा देश-विदेशमा कन्सर्ट र टुरहरू हुने गर्थे।

कलाकारहरूका लागि चाडपर्व मनाउनभन्दा टुर, कन्सर्ट नै भ्यानभ्याइ हुने गर्थे। टुर सकेर धेरैजसो टीकाको दिन घरमा पुग्थे।

तर, सन् २०१९ डिसेम्बर अन्तिम सातादेखि विश्वभर फैलिएको कोभिड-१९ सँगै यसको नियन्त्रणका लागि हरेक देशले आफ्नै विभिन्न स्वास्थ्य प्रोटोकल बनाएका छन्। भीडभाडजन्य कार्यक्रमलाई निरुत्साहन गरिएकै कारण विदेश मात्र नभई नेपालमा पनि खासै कन्सर्ट र टुर भएका छैनन्। त्यससँगै नेपाली कलाकारहरू दुई वर्षयता स्वदेशमै खुम्चिएका छन्। एक  हिसाबले परिवारिक समय पाएको तर्क पनि धेरैको छ। यद्यपि, कन्सर्ट टुरबाट हुने आम्दानीबाट उनीहरू बिमुख भएका छन्।

योगेश्वर अमात्य

प्रकाशित मिति: : 2021-10-16 11:59:00

प्रतिकृया दिनुहोस्