आर्थिक उन्नतिको जगमा बदलिएको दसैं

शिलापत्र

सविना देवकाेटा

लुगा सिलाउने चटारोसँगै आउँथ्यो, राजकुमार परियारको घरमा दसैँ !

‘गाउँभरिका मान्छे लुगा सिलाउन हाम्रै घर आइपुग्थे। काम यतिसम्म भ्याइ नभ्याइ हुन्थ्यो कि बाले लुगा सिलाउनका लागि चार/पाँच जना साथी राख्नुहुन्थ्यो,’ बाल्यकाल सम्झिँदै ४३ वर्षीय राजकुमार भन्छन्, ‘एक महिनादेखि नै रातको १ बजेसम्म लुगा सिलाएर बस्नुहुन्थ्यो बाहरू।’ 

‘एक महिनादेखि नै लुगा सिलाउँदै घरघर डुल्नुहुन्थ्यो,' रेडिमेड बजारले पेसाको स्वरूप नै बदलिएको उनको अनुभव छ। पुर्खौंदेखि सिलाइ गर्दै आएका उदयपुरका राजकुमार सम्झन्छन्, ‘कहाँ अहिलेजस्तो कुर्ता सुरुवाल, दौरासुरुवाल सिलाउन आउँथे र दसैँमा। केटाकेटीको स्कुलको ड्रेस सिलाउन दसैँ नै ढुक्ने समय थियो त्यो।’

हुन पनि कुनै समय थियो, नयाँ लुगा लगाउन दसैँ नै कुर्नुपर्थ्याे। त्यति मात्रै होइन, मीठोमसिनो, माछामासु खान अनि रमझम गर्न दसैँलाई नै साँच्नुपर्ने बाध्यता थियो। तर, अब त्यो स्थिति रहेन। 

प्रकाशित मिति: : 2021-10-15 14:26:00

प्रतिकृया दिनुहोस्