आज राति मान्छेको मासु काटेर चढाइँदैछ पाटनको यो मन्दिरमा

सेतोपाटी

काठमाडौँ

सुदीप श्रेष्ठ

कोरोनाको पिसिआर टेस्ट गर्न नाकमा सुइरो घुसाउँदा मेरो सातोपुत्लो उडेको थियो। कहिलेकाहीँ इन्जेक्सन लगाउनुपर्‍यो भने सुई देखेरै सिरिंग भएर आउँछ।

यस्तो पितुर्के मान्छेलाई जीउको मासु काट्ने वा छाला ताछ्ने कुरा सुन्दा के भयो होला!

मेरो त डरले जीउभरि काँडा उम्रेका थिए, जब मैले पाटन, सुबहाल (सौबहाल) को एउटा मन्दिरमा मान्छेको मासु चढाएर पूजा गरिन्छ भन्ने थाहा पाएँ।

धेरैलाई यस्तो परम्पराबारे सुनेरै अचम्म लाग्यो होला! यस्तो पनि पूजा हुन्छ कहीँ!

हुँदो रहेछ, भइरहेकै छ।

यो सुबहालको जय मनोहर महाविहारस्थित महांकाल मन्दिरको कथा हो, जहाँ हरेक दसैंमा नवमीको रात भक्तजनहरूले आफ्नै शरीरको मासु काटेर वा छाला ताछेर यज्ञवेदीमा अर्पण गर्छन्।

आज म तपाईंहरूलाई यही पूजाविधि र यसको कथा सुनाउँदैछु।

प्रकाशित मिति: : 2021-10-14 17:56:00

प्रतिकृया दिनुहोस्