महिला र देवीबीचको पर्खाल

सुशीला शर्मा

 

साउनदेखि हिन्दु संस्कृतिभित्र थुप्रै चाडपर्व सुरु हुन्छन्। विभिन्न नामले यी चाडपर्व मनाइन्छन्। देवीका मिथकलाई लिएर मनाइने चाडपर्वमा दशैं, स्वस्थानी पूजा आदि विशेष छन्।

प्रायः देवीका मन्दिरमा भक्तजनहरू सुख–समृद्धि, स्वास्थ्य, शान्तिका लागि गरेको भाकल अनुसार पुज्न जाने गर्छन्। धेरै मन्दिरमा महिला लाइनमा बसेर व्यग्रताका साथ आफ्नो पालो कुरिरहेका हुन्छन्। हामीमध्ये धेरैले यस्तो देखेका छौं। मन्दिरमा लाइनमा बस्दाबस्दै एक्कासि कोही महिला त्यहीँ आफूमाथि देवी चढेको भन्दै काम्न थाल्छन्। यो दृश्यले गर्दा भक्तजनहरू आफ्नो पालो काटेरै भए पनि निज कम्पन आएकी महिलालाई पहिले देवीको दर्शन गर्न पठाइदिन्छन्।

मनोवैज्ञानिक पक्षबाट हेर्दा यसरी महिला वा पुरुषलाई देवी चढ्नुका धेरै कारण हुन सक्छन्। जस्तो ः मानिसले आफ्ना भावनात्मक पक्षलाई भित्रै गुम्स्याएर राखेको छ, मन्दिर जस्तो पवित्र मानिएको ठाउँमा जाँदा ती भावना प्रस्फुटन हुन थाल्छन् र शरीरमा कम्पन सिर्जना गर्न सक्छन्। अर्कोतिर धार्मिक आस्था, देवीप्रतिको विश्वासले पनि मन्दिर परिसरमा मानिस काम्न सक्छ।

प्रकाशित मिति: : 2021-10-14 15:05:00

प्रतिकृया दिनुहोस्