गाउँकै दशैं रमाइलो

थाहा खबर

काठमाडौँ

   श्याम राई

ओखलढुंगाका पासाङ शेर्पा गोकर्णेश्वर नगरपालिकाको नयाँपाटीस्थित डिकी छिरिङ होस्टेलमा बस्छन्। १५ वर्षका पासाङ त्यहीं नजिकै रहेको चण्डिकाश्वरी बोर्डिङ स्कुलको कक्षा ९ मा अध्ययन गर्छन्।

होस्टेलमा आफू डेरा लिएर बसेजस्तो हुँदैन। होस्टेलका आफ्नै नियम हुन्छन्। त्यही नियममा बस्नुपर्ने हुन्छ। अधिकांश होस्टेलका विद्यार्थी वर्षमा एकपटक मात्र आफ्नो जन्मभूमि टेक्न पाउँछन्।

पासाङ पनि एक वर्षपछि गाउँ जाने मौका जुरेको छ। उनलाई दशैंले उक्त अवसर जुराएको छ। आफ्नो जन्मथलो जान पाउँदा यतिखेर उनमा खुसीको सीमा छैन। उनी भन्छन्, ‘दशैं मनाउन एक वर्षपछि गाउँ जान पाएको छु। गाउँ जान पाउने खुसीले गदगद भएको छु।’

उनी होस्टेल बसेको चार वर्ष पूरा भई पाँच वर्षमा लाग्दै छ। उनी आफ्नो भविष्य खोज्न अहिले पढिरहेका छन्। संघर्ष गरिरहेका छन्।

यस वर्षको दशैं रमाइलो गरी मनाउँदै छन्, पासाङ। ‘आफन्त अनि साथी संगिनीलाई भेट्नेछु, मिठो–मिठो खानेकुरा खान्छु, टीका लगाउँदै आशीर्वाद थाप्छु’, उनले भने।

प्रकाशित मिति: : 2021-10-14 14:25:00

प्रतिकृया दिनुहोस्