किन देखिँदैनन् आजकाल आकाशमा चङगा?

आयोमेल

काठमाडौँ

कृष्णा शर्मा

आकाशभरि चरा उडेझैं देखिने चङगाले दसैं आएको संकेत गथ्र्यो। चङ्गा चैटको आवाज गुञ्जायमान हुन्थ्यो। के केटाकेटी, के ठूला, सबै चंगामा रहेका देखिन्थे। अनि मन्द हावामा उडेका रंगीचंगी चङ्गाले दसैंको माहोल बनाउथ्यो।

तर पछिल्लो समय बढ्दो प्रविधिको विकास र समय व्यस्तताका कारण चङ्गा उडाउने परम्परामा कमी आएको छ। प्रविधिको विकाससँगै युवाहरुको त्यसप्रतिको आकर्षणका कारण चङ्गा उडाउने परम्परामा कमी आएको व्यवसायीहरु बताउँछन्।

कुनै समय चङगाले भरिभराउ हुने असनका गल्लीहरु लगभग सुनसान नै देखिएका छन्। असनस्थित अन्नपूर्ण काईट हाउसका सञ्चालक अनिल श्रेष्ठका अनुसार करिब ६-७ वर्षअघिसम्म दसैंकौ समयमा दैनिक करिब ३५ देखि ४० हजार रुपैयाँको कारोबार हुने गर्दथ्यो। तर आजकाल चङ्गाको कारोबारमा निकै कमी आएको उनले स्पष्ट पारे। श्रेष्ठ भन्छन्, ‘अहिले चङ्गा कारोबारमा करिब ८० प्रतिशतले नै कमी आएको छ, दैनिक ४-५हजार रुपैयाँको कारोबार गर्नसमेत कठीन भइरहेको छ। यसको प्रमुख कारण भने नयाँ–नयाँप्रविधिको विकास र युवा पुस्तामा मोबाइलप्रतिको बढ्दो क्रेज नै हो।’

२३ वर्षदेखि चङ्गाको व्यापार गर्दै आएका श्रेष्ठ अबको केही वर्षमा चङ्गाको व्यवसाय पूर्ण रुपमा बन्द हुन सक्ने चिन्तामा छन्।

प्रकाशित मिति: : 2021-10-13 18:35:00

प्रतिकृया दिनुहोस्